६ महिना नपुग्दै फेरियो राष्ट्रिय जनमोर्चा बागलुङको नेतृत्व अध्यक्षमा तिलक थापा

  • भदौ ७, २०८०

बागलुङ गत फागुन २७ र २८ गते राष्ट्रिय जनमोर्चा बागलुङ सातौ जिल्ला सम्मेलन भयो । सम्मेलन मार्फत राजेन्द्र ढुंगानाको नेतृत्वमा राजमो बागलुङको नयाँ जिल्ला कार्यसमिति बन्यो । तर ६ महिना नपुग्दै ढु‌गान नेतृत्वबाट बाहिरएका छन । उनले आफ्नो जिम्मेवारी परिवर्तन  गर्न खोजे पछि राष्ट्रिय जनमोर्चा बागलुङ बैठकबाट नयाँ नेतृत्व परिवर्तन गरिएको छ । विहिबार बसेको जिल्ला समितिको ब‌ैठकले अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) चयन गरेका छ ।  ढुङ्गानाले बारम्बार बैठकमा जिम्मा परिवर्तन गर्ने प्रस्ताव राख्दै आएका थिए । सोही अनुसार जिल्ला अध्यक्षको जिम्मेवारी थापालाई प्रदान गरिएको हो ।  थापा काठेखोला गाउँपालिकाका उपाध्यक्ष हुन ।  बैठकले ढुङ्गाना जिल्ला सल्लाहकारमा चयन गरेको पनि बताइएको छ । यस अघि पनि ढुंगानाले अध्यक्षबाट राजिनामा दिएको केही सामाजिक सञ्जाल र अनलाईन मार्फत बाहिर आएको थियो । पछि उनले आफुले राजिनामा नदिएको भन्दै विज्ञप्ती नै जारी गर्नुपरेको थियो ।   त्यस्तै, बैठकले स्थानीय स्तरको वडास्तरसम्म राजमोको सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियान आगामी भदौ १६ गते शनिबारदेखि असोज २७ शनिबार सम्म चल्नेछ । बैठकले जिल्ला समितिले जानकारी दिएको छ ।
 

प्रतिक्रिया