मानव अधिकार वर्ष पुस्तकको पूर्व समिक्षा

  • असार २२, २०८१

 बागलुङ-  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व बागलुङमा अर्ध वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाका विषयमा र सन्धी सम्झौता गर्न, संविधान निर्माण र कानुन निर्माणमा निकै अगाडी रहेपनि कार्यान्वयनमा कमजोर रहेको  बताए । 
देशको संविधान र कानुनको विषयमा जनतानै जागरुक नरहेको भन्दै उहाँले लिखित दस्तावेजलाई कार्यान्वयनमा लैजाना नसक्दा पनि अधिकार प्रमावित हुने बताए । बागलुङका १० वटै स्थानीय तहमा स्थानीय सरकार र सरोकारवाला एकसाथ भएर जागरण फैलाउन लाग्नु पर्ने बताए । 
परम्परागत अपराधका विषयमा अध्ययन अनुसन्धान भएपनि पछिल्लो समय बढ्न थालेका आधुनिक अपराध समाजका लागि जोखिमको रुपमा रहेको  बताए ।  
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कंडेल, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, मानव अधिकार संगठन बागलुङका अध्यक्ष लक्ष्मी जिसी कार्की, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिुसी (अञ्जु) गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, पत्रकार प्रकाश बराल, किरण आचार्य लगाएतले बोलेका  थिए । 
कार्यक्रममा सहभागीले पछिल्लो समय बढ्दो वायु प्रदुषण, ध्वनी प्रदुषण, पीउने पानी, जिल्लाको स्वास्थ्य, शिक्षाका विषयमा सम्वेदनशिल बन्नुपर्ने जोड दिए । 
पूर्व समिक्षा कार्यक्रममा बागलुङ जिल्लामा सन् २०२४ जनवरी देखि जुनसम्म बागलुङ जिल्लामा घटेका २३ वटा मानव अधिकार उल्लङ्घन तथा न्यादतीका घटनामाथी छलफल गरिएको थियो । 
इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्तले पछिल्लो ६ महिनामा घटेका आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका १, हत्या प्रयास १, आत्महत्या दुरुत्साहन १, बाल अधिकार, बाल यौन दुव्र्यवहार २,  बाल विवाहका १, महिला अधिकार तर्फ घरेलु हिंसाका १२, बलात्कार १, बहुविवाहका २ वटा घटना प्रस्तुत गरेकी थिईन । 
 

प्रतिक्रिया