काँग्रेस गलकोट नगरपालिकाको सभापतिमा भण्डारी 

  • असोज ११, २०७८

नेपाली काँग्रेस गलकोट नगरपालिकाको सभापतिमा विरजंग भण्डारी सर्वसम्मत चयन भएका छन । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष समेत रहेका भण्डारीलाई सभापतिमा उम्मेदवार दिएका नारायणध्वज मल्ल र मुकुन्दसिंह भण्डारीले छाडेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । शनिबार नै सहमती प्रयास गरिए पनि सोमबार विहान सम्म नटुंगिदा निर्वाचन समितिले निर्वाचतको तयारी गरिरहेको थियो ।  अन्तत विरजंगकै पक्षमा सहमती भएको एक नेताले बताए । नगरकार्यसमितिको उपसभापतिमा यस अघि नै सर्वसम्मत भएको थियो । जसमा यज्ञ प्रसाद सापकोटा र चन्द्रबहादुर श्रीष सर्वसम्मत चयन भएका थिए । सभापति र उपसभापति सहसचिवको सर्वसम्मत भए पनि सचिवका लागि भने अझै सर्वसम्मत हुन सकेको छैन । सचिवका लागि  लोकनाथ कंडेल, हेमराज गैरे चिरञ्जीवी मरासीनी योगेश भण्डारी र टिकाराम गौतमको उम्मेदवारी परेको थियो । दुई सचिवका लागि पाँच जनाको उम्मेदवारी परेको र यसलाई पनि सर्वसम्मतको प्रयास भएको छ । सहसचिवमा भने यस अघिनै  विष्णु गैरे र नरेन्द्र बहादुर घर्ति सर्वसम्मत भएका हुन । सचिवका लागि सहमती नटुंगिए सम्म निर्वाचन समितिले भने औपचारीक रुपमा कुनै पनि पदको घोषणा गरेका छैन । नगरकार्यसमितिमा अन्य सदस्यहरुको पनि  शनिबार नै टुंगिएको हो । यो सँगै जिल्लाको ९ वटा स्थानिय तहमा नयाँ नेतृत्व चयन भएको छ भने बरेङ गाउँपालिकामा सहमती जुट्न नसकेपछि अधिवेशन नै अनिश्चित रहेको छ । 
 

प्रतिक्रिया