काठमाडौं । राष्ट्रपती रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै बहोर्ने भएका छन । राष्ट्रपतीको स्वकिय सचिवालयका प्रेस संयोजक खिला कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दे राष्ट्रपती पौडेलको भारत उपचारमा भएको खर्च स्वयं आफैले बेहोर्ने जनाएका हुन ।
निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको थियो ।
गएको आइतबार नेपाल फर्किएका पौडेलको स्वास्थ्य उपचार खर्च राज्यकोषबाट हुन नहुने भन्दै चौतर्फी टिप्पणी भएको थियो । सोमबार मात्र नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पनि राष्ट्रपतीले उपचार खर्च आफै बेहोर्नुपर्ने बताएका थिए ।