• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • स्वास्थ्य

बलेवाको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार २४० ले सेवा लिए 

  • चैत २६, २०८०

बागलुङ  -     बागलुङ नगरपालिका—१४ बलेवा नारायणस्थानमा आईतबार सम्पन्न भएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ हजार २४० ले सेवा लिएका छन । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीको प्रदेश सांसदको कार्यालय बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) को संयोजन काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिएको थियो । बागलुङ नगरपालिका—१४, नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान, लायन्स क्लब अफ बागलुङ भैरव, गाजा हिल आयोजक रहेको शिविरको समन्वय बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालय बागलुङले गरेका थिए । 
शिविरमा १८५ जनाले मुटुको इसीजी जाँच र ९५ जनाले इको  सेवा लिएका थिए । त्यसैगरी २६० जनाले ल्याब सेवा २५१ जनाको भिडियो एक्सरे सेवा, ८५ जनाले दन्त परिक्षण र अन्यले सामान्य चिकित्सा सेवा लिएको प्रदेश सांसद कार्यालयका प्रतिनिधि ओमकार सुवेदीले जानकारी दिए । शिविरमा ९५ जना विरामीलाई थप उपचार र शल्यक्रियाका निम्ती काठमाण्डौ मेडिकल कलेजमा रेफर गरिएको छ । उनिहरुको निःशुल्क अपरेश गरिने बताईएको छ । 
शिविरको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले ग्रामिण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै पुग्न नसकेको हुँदा सेवाको भावनाले काठमाण्डौ मेडिकल कजेजको विशेषज्ञ चिकित्सक सहितको टोलीले ग्रामिण भेगका जनताको माझमा पुगेर सेवा प्रदान गरेको बताए । उनले शिविरमा जटिलता देखिएकालाई काठमाण्डौं मेडिकल कलेजमा थप उपचारका लागि लग्ने खर्च निःशुल्क हुने जानकारी गराए । ‘हामी जनताको स्वास्थ्य सेवामा जुटेका छौं जनताकै सेवामा सर्मपित हुन्छौं डा. शर्माले भने,—‘ग्रामिण भेगमा असाहय र विपन्न रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्यका लागि विभिन्न जिल्लामा शिविर संचालन गरेका छौं । जटिलता भएकालाई काठमाण्डौ लगेर उपचार गछौं । उनले शिविरमा सवै सेवाहरुलाई एकै पटक जोडिएको बताए । 
विशेष गरी ग्रामिण भेगका जनतालाई स्वास्थ्य सेवाको पहुँच अझै पनि सहज ढंगले नपुगेको हुँदा गाउँमा नै शिविरको आयोजना गरिएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताए । सुवेदीले शिविरमा शल्यक्रिया गर्नुपर्ने ९५ जना विरामीलाई निःशुल्क रुपमा काठमाण्डौ मेडिकल कलेजले अपरेशन गरिने सुवेदीले बताए । अपरेशन गर्नुपर्ने विरामीलाई काठमाण्डौ लैजानका लागि सहजीकरण गर्ने उनले जानकारी दिए । शिविरमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, वानपा १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री लगायतले बोलेका थिए । 
शिविरमा विशेषज्ञ सेवा सहित भिडियो एक्सरे सेवा, ल्याब सेवा जनरल मेडिसिन सेवाहरु प्रदान गरिएको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रतिज्ञा गौतम र बर्षा बराल, बालरोग विषेशज्ञ डा. राजकुमार गुप्ता, मानसिक तथा नसा रोग विशेषज्ञ डा.सुवेक्षा गौतम, हाडजोर्नी रोग विशेषज्ञ डा.प्रवेश न्यौपाने, छाला तथा यौन रोग विषेशज्ञ डा. रोहन सापकोटा लगायतका २१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा सवै विरामीका लागि निःशुल्क औषधी वितरण गरिउको थियो ।  काठमाण्डौ मेडिकल कलेले विभिन्न जिल्लाका विभिन्न स्थानमा निःशुल्क शिविर संचालन गर्दै आएको छ । 

प्रतिक्रिया