अधिवेशनको तयारीमा तरुणदल बागलुङ 

  • भदौ ८, २०८२

बागलुङ - नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले वडा तह र पालिका तहको अधिवेशनको तयारी थालेको छ । तरुणदल बागलुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ को अध्यक्षतामा आईबार बागलुङ सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पहिलो चरणमा पुर्ण सदस्यता वितरण अभियान संचालन गर्ने र त्यसपश्चात वडा तह र पालिका तहको अधिवेशन संचालन गर्ने निर्णय गरेको छ । 
तरुणदलले आफ्नो संगठन सुदृढिकरण र सदस्यता बृद्धिका लागि वडा तहमा तरुण अभियान संचालन गर्नुका साथै अधिवेशन संचालन गरेपश्चात दोस्रो चरणमा प्रदेश, क्षेत्र र जिल्ला तहको अधिवेशन संचालन गर्ने अध्यक्ष शर्माले बताए । ‘तरुणदलले गाउँगाउँमा तरुण अभियान संचालन गर्नेछ, पूर्णकालिन सदस्यता वितरण गर्नेछ, संगठनलाई मजबुत बनाउनेछ, अध्यक्ष शर्माले भने,–‘तरुण युवाहरुलाई लक्षित गरी प्रशिक्षणका कार्यक्रम संचालन गर्नेछौें राजनितिसँगै सामाजिक क्षेत्रमा  पनि कसरी सक्रिय बनाउने भन्ने कुरामा पनि संगठन विस्तारका क्रममा जोड दिनेछौं ।’  तरुणदललाई काँग्रेसको दर्बिलो खम्बाको रुपमा विकास गर्नका निम्ती पनि संगठन सुदृढिकरणका कार्यक्रम आवश्यक रहेको शर्माले बताए । 
केन्द्रीय कार्यसमितिले तरुणदलको पाँचौं महाधिवेशन आगामी मंसिरको अन्तिम साता तोकेसँगै जिल्ला तहमा पनि तरुणदलका कार्यक्रमहरु तय गरिएको हो । 
बैठकले वडा तह र पालिका अधिवेशन सकिए सँगै पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अमुनमोदनका लागि केन्द्रमा पठाउने निर्णय गरेको छ ।  केन्द्रबाट सदस्यता अनुमोदन भएर आए पश्चात प्रदेश सभा निर्वाचन क्षेत्र र संघिय निर्वाचन क्षेत्रको अधिवेशन हुने छ भने कात्तिकमा जिल्ला अधिवेशन हुनेछ । 
केन्द्रीय कार्यतालिका अनुसार कात्तिक मसान्त भित्र जिल्ला अधिवेशन गर्नुपर्ने छ भने मंसिर १० गते भित्र प्रदेश अभिवेशन सम्पन्न गर्नुपर्ने छ । तरुणदलको केन्द्रीय अधिवेशन आगामी मंसिर २६, २७ र २८ गतेका लागि तय गरिएको केन्द्रीय समितिले जनाएको छ । 
 

प्रतिक्रिया