गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका सुरेन्द्र पाण्डे

  • ब‌ैशाख १४, २०८०

पोखरा -  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा विहिबार नियुक्त गरेका हुन । 

कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र एक स्वतन्त्र सहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा विहिबार दाबी पेस गरेका हुन ।  मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा-२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको सपथ शक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

No description available.

प्रतिक्रिया