कालिका मन्दिर ३ तोला सुन र ३ सय तोला चाँदी संकलन

  • फाल्गुण ३, २०८०

बागलुङ- बागलुङको  प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा भक्तजनहरूले चढाए र संकलन भएको भेटी सुन चाँदी र अन्य जिन्सी सामाग्री सार्वजनिक गरिएको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले अध्यक्ष कुमार खड्का अध्यक्ष भए पश्चात हाल सम्म जम्मा भएको सुन चाँदी र अन्य जिन्सी सामाग्री सार्वजनिक गरिएको हो ।  मन्दिरमा बिभिन्न समयमा भक्तजनले समर्पण गरेका सुनचाँदीका सामग्री प्रहरी प्रशासनकाे राेहवरमा गालेपछि सार्वजनिक गरिएको हो ।  मन्दिरमा ३ तोला ४५ लाल सुन र  ३ सय तोला ११ लाला चाँदी संकलन भएको कालीका गुठीका सचिव अर्जुन खड्काले जानकारी दिए । मन्दिरमा माघ महिनामा १९ लाख ७२ हजार ८०रूपैयाँ कुल आम्दानी भएको छ ।

 भेटी बापत १० लाख ८९ हजार ३ सय ६५ रूपैयाँ ,चामल बाट १६ हजार ५ सय ,बाेका बाट २ हजार ,कुखुरा बाट २ सय , भाडा बापत ३ लाख १४ हजार ४ सय ,विवाह बाट ११ हजार ५ सय आर्थिक सहयोग ८३ हजार ८ सय ६५ रूपैयाँ ,परेवा बिक्री बाट ४ लाख ४५ हजार २ सय ५० रूपैयाँ ,ब्रतबन्ध बापत ९ सय रूपैयाँ ,र पण्डित बाट ८ हजार १ सय रूपैयाँ आम्दानी भएको अध्यक्ष कुमार खड्काले जानकारी दिए ।  

माघ महिनामा कालीका गुठी ब्यवस्थापन समितिमा २० लाख ३५ हजार ८ सय ६० रूपैयाँ रहेको छ । कर्मचारी तलब बापत ३ लाख ५७ हजार ९ सय अतिथि सत्कार बापत ९ हजार ९ सय ६० रूपैयाँ ,पुर्वाधार विकास तथा निर्माण १४ लाख १५ हजार ,पुजा खर्च ६२ हजार ,पाेशाक छपाइ तथा वितरण ३० हजार ,मेसिनरी तथा उपकरण खर्च ३१ हजार , खाध्यान्न तथा आवासमा ४१ हजार ४ सय रूपैयाँ ,मर्मत संभार २५ हजार ,विज्ञापन २ हजार र सांस्कृतिक कार्यक्रम तथा भजन ६१ हजार ६ सय खर्च भएको अध्यक्ष खड्काले  बताए । 

प्रतिक्रिया