बागलुङ -आईतबार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४२ औं बीपी स्मृति दिवस बागलुङमा पनि मनाईएको छ । नेपाली काँग्रेस बागलुङको आयोजनामा बागलुङ नगरपालिका—१ रामरेखामा रहेको बीपी स्मृति पार्कमा सरसफाई गर्नुका साथै यहाँका विरुवाहरु गोडमेल गरी स्मृति दिवस मनाईएको हो । काँग्रेस बागलुङको आयोजना दिवस मनाईए पनि जिल्ला समितिका पदाधिकारीको भने उपस्थिति देखिएको थिएन । विगतका वर्षहरुमा विरुवा रोप्नुका साथै सरसफाई र अन्य अन्तरक्रिया कार्यक्रम गरी बीपी कोइरालाको राजनितिक जीवनको बारेमा चर्चा गर्ने गरिएता पनि यस वर्ष भने औपचारिकता मात्र सिमित भयो ।
काँग्रेसका संस्थापन नेता बीपी कोइरालाको स्मृतिमा जिल्ला तहका कुनै पनि पदाधिकारी नहुनु संगठन प्रतिको चासो नदेखिएको भन्दै कार्यक्रममा सहभागी एक कार्यकर्ताले गुनासो गरेका थिए । विहान ७ बजेका लागि आईतबार बेलुका सामाजिक सञ्जाल फेसबुक मार्फत र सहसचिव ज्ञानकुमारी श्रीषले केही नेता तथा कार्यकर्तालाई निमन्त्रणा गरेता पनि उपस्थिती भने कम थियो । कार्यक्रममा पुर्व सभापती हरिप्रसाद श्रेष्ठ, प्रकाश शर्मा पौडेल, महाधिवेशन प्रतिनिधि एवं पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय नारायण शर्मा पौडेल, सिताराम रसाईली, जिल्ला सदस्यहरु टिकाराम थापा, जगन्नाथ आचार्य, महेन्द्र आचार्य क्षेत्रीय सभापती चण्डी प्रसाद शर्मा लगायतका नेताको उपस्थिति थियो । केही नेता र केही कार्यकर्ता गरी झण्डै २०÷२२ जनाको उपस्थिति रहेको बेला काँग्रेसका कुनै पनि पदाधिकारीको उपस्थिती रहेको थिएन । उपस्थित नेता तथा कार्यकर्ताले पार्क वरीपरी छाता ओडेरै भएन पनि केही विरुवा गोडमेल गरे भने वरीपरिको फोहोर हटाए । तर विहान आठ बजेर १५ मिनेटसम्म कोही पदाधिकारी आएन् । कुर्दा कुदै कोही पनि उपस्थित नभएपछि कार्यक्रममा उपस्थित जिल्ला समितिका सदस्यको अध्यक्षतमा कार्यक्रम संचालन गर्ने नेता तथा कार्यकर्ताले निर्णय गरेर जिल्ला सदस्य एवं पार्क निर्माणमा योगदान पु¥याएका व्यक्ति महेन्द्र आचार्यको अध्यक्षतमा जिल्ला सदस्य टिकाराम थापाले कार्यक्रम संचालन गरे । कार्यक्रममा उपस्थितलाई काँग्रेस गण्डकी प्रदेशका सदस्य पार्वती आचार्यले स्वागत गरिन ।
कार्यक्रममा पुर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ र प्रकाश शर्मा पौडेलले बीपी कोइरालाको राजनिति जीवनको बारेमा चर्चा गरे । श्रेष्ठ र पौडेलले पछिल्ला दिनमा काँग्रेस बीपीले कोइरालाको देखाएको बाटो हिँड्न नसकेको दुःख व्यक्त गरे । पुर्व सभापति श्रेष्ठले बीपी कोइरालाको नेपाली राजनिति क्षेत्र मात्र नभएर साहित्य क्षेत्रमा पनि ठुलो योगदान रहेको चर्चा गरे । उनले कार्यक्रममा जिल्ला तहको नेतृत्व नहुँदा कतै काँग्रेस अलमलिएको हैन भन्ने भान भएको बताए । श्रेष्ठले श्रेष्ठले २०३९ सालमा बीपीको अस्तु सेलाउँदा पनि जनसागर उर्लेको बताउँदै अहिले उनकै स्मृति दिवसका देखिएको यो निश्कृयताले पार्टीको सिंगो संगठन प्रतिको चासो पनि कार्यकर्तामा घट्दै गएको बताए । श्रेष्ठले कार्यकर्तामा आएको निरासाको पछाडि नेतृत्व जिम्मेवार बन्नुपर्ने टिप्पणी गरे । सोही कार्यक्रममा बोल्दै पुर्व सभापति पौडेलले बीपीले देखाएको बाटो हिडेकाहरुले बाटो बिराइरहेको टिप्पणी गर्दै यसलाई सच्चाउन आवश्यक रहेको बताए । उनले पदमा बस्नेले पार्टीलाई जीवन्त बनाउन सक्नुपर्ने नत्र पदमा बस्नुको औचित्य नभएको बताए । ‘काम त धेरै होला, तर बीपी स्मृति दिवस कांग्रेसको कार्यकर्ताको पहिलो रोजाइ हुनुपर्छ’ पौडेलले भने, ‘राजनीतिमा मुल सिद्दान्तबाट बिचलित भइयो भने औचित्य सकिन्छ ।’ उनले संविधान संशोधन मात्र समस्याको समाधान नभएको भन्दै जनजीविकाको पक्षमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी अन्य कार्यकर्ताले पनि पार्टीले अलि रचनात्मक कार्यक्रमहरु संचालन गरी बीपी कोइरालालाई सम्झनुपर्नेमा पदाधिकारी नै उपस्थित नहुनु पार्टी प्रतिको जिम्मेवार नदेखिएको बताए । उनिहरुले यस्तो गैह्र जिम्मेवारी पनले पार्टीको संगठन बलियो नहुने बताए । ‘विहान कार्यक्रम हुने कुरा बेलुका ८ बजे पछि मात्र थाहा हुन्छ । त्यही पनि जिल्ला कार्यसमितिका पदाधिकारी कसैले खबर गर्दैनन सामाजिक सञ्चालमा थाहा पाएर आएको हुँ । कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने,—‘देशकै ठुलो राजनितिक दलको रुपमा रहेको काँग्रेसका कार्यक्रम किन यस्ता भयो । बागलुङमा मात्र को की अयन्त्र पनि यस्तै छ । यसको गम्भिर समिक्षा गर्न जरुरी छ । उनले विगतका दिनहरुमा वडा तहहरुमा वीपीको स्मृती दिवस मनाईने गरेता पनि पछिल्लो वर्षमा जिल्ला तहमा पनि एउटा राम्रो कार्यक्रम हुन नसकेको गुनासो पोखे ।’ यस्तै गरी अन्य कार्यकर्ताले पनि गुनासो पोख्दै गर्दा कार्यक्रमका अध्यक्ष महेन्द्र आचार्यले औपचारिक कार्यक्रमको समापनको घोषणा गर्दै थिए । जिल्ला सहसचिव ज्ञानु श्रीष भने स्मृति पार्कमा पुगेकी थिईन । कार्यक्रम स्थलमा पुगेकी एकमात्र पदाधिकारीले आसन ग्रहण गर्न पनि भ्याइनन् । उनले आउँदा आउँदै ढिला भएको भनी सवै कार्यकर्ता सँग माफी पनि मागिन । कार्यकर्ताले खै जिल्लाका अन्य पदाधिकारी भनेरे उनि तर्फ नै प्रश्न गरे । आईतबार कार्यक्रम भै रहँदा पार्टी सभापति जित बहादुर शेरचन र सचिव हहिर शर्मा काठमाण्डौं रहेको र उपसभापती तारानाथ पौडेल र सागर छन्त्याल कहाँ छन भन्ने थाहा नभएको एक जिल्ला स्तरीय नेताले बताए । पार्टीका अर्को जिल्ला सचिव गण्डकी थापा अधिकारी बडीगाड थिईन । कोषाध्यक्ष श्रीधर कंडेल बागलुङ बजारमै भएता पनि कार्यक्रममा उपस्थित थिएनन् भने सहसचिव फमबहादुर खत्री गलकोट रहेको उनले बताए । सहसचिव ज्ञानु श्रीषले आईतबार बेलुका मात्रै सभापतिले आफुलाई जानकारी गराएको बताएकी थिईन । उनी काठेखोला गाउँपालिका–५ देखि कार्यक्रम स्थल आइपुग्दा ९ बजेको थियो ।