बागलुङ - अविरल वर्ष सँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकामा रहेको ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी नगरपालिकाको— १ र वडा नं.४ को विच भै बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोलेले उक्त बाँधमा क्षती पु¥याएको हो ।
पहिरोका कारण बाँध पुर्णरुपमा पुरिएको र विद्युत उत्पादनको काम पनि पुर्ण रुपमा बन्द भएको बाराही हाईड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले जानकारी दिए । १.५ मेगावट विद्युत उत्पादन हुने उत्त आयोजनालाई पुन संचालन हुन केही लाग्ने पौडेलले बताए ।
पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेरा देखी सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पनि पुर्ण रुपमा अवरुद्ध भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । ‘जैमिनीको केन्द्रविन्दुबाट सवै वडा जान ग्रामिण सडक वन्द अवस्थामा रहेका छन उपप्रमख शर्माले भने—‘यसै वर्ष स्तरबृद्धि गरेर कालेपत्रे र ढलान गरेको कुश्मिसेरा सर्कुवा व्याडथला सडक खण्डमा गएको पहिरोका कारण जलविद्युतमा पनि क्षती पु¥याएको छ । अविरल वर्षा भएका कारण तत्काल उत्त सडक संचालन गर्ने अवस्था छैन जलविद्युत आयोजना पनि पुर्ण रुपमा बन्द भएको छ ।’ उनले जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकाशं सडकहरु पहिरोका कारण अवरुद्ध रहेको बताए । शर्माका अनुसार कालिगण्डकी करिडोर सडक खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोका कारण करिडोर अवरुद्ध रहेको छ ।
वर्षाका कारण जिल्लाको गलकोट देखी हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । त्यसैगरी बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने सडक खण्डको बागलुङ नगरपालिका –४ बान्द्रे स्थितमा सडक माथिबाट आएको पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए ।
तश्विर सौजन्य : हरिहर शर्मा उपप्रमुख जैमिनी नगरपालिका बागलुङ