स्ववियु निर्वाचन:धवलागिरी क्याम्पसमा सृष्टीलाई दिपकको समर्थन

  • चैत १, २०८१

बागलुङ-आसन्न स्ववियु निर्वाचनका लागि धवलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समूहबाट अध्यक्षमा उमेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका छन् । क्याम्पसले अन्तिम नामाबली प्रकाशित गर्दा उनको नाम समेत आएपछि सुवेदीले शुक्रवार पत्रकार सम्मेलन गरेर नाम फिर्ताको घोषणा गरेका हुन् । उनले प्राविधिक कारणबस आफ्नो नाम अन्तिम नामावलीमा प्रकाशन भएता पनि आफ्नो समर्थन नेविसंघबाट अध्यक्षका लागि उम्मेदावार रहेका सृष्टी आचार्यलाई रहेको बताएका छन । सुवेदीले आचार्य अध्यक्ष रहेको नेविसंघको औपचारिक प्यानललाई नै समर्थन गरेको र सवै आफ्ना शुभचिन्तक विद्यार्थी साथीहरुलाई पनि नेविसंघको प्यानललाई नै मतदान गर्न आह्रवान समेत गरेका छन ।  

‘म लामो समय देखी धवलागिरी क्याम्पसमा विद्यार्थी राजनिति गरेको व्यक्ति हुँ । सोही हिसाबले मैले अध्यक्षका लागि उम्मेदवारी दिएको थिए । वारेस मार्फत मेरो उमेदवारी दिएको थिएँ, वारेसबाटै फिर्ता हुन्छ भन्ने सोचेर समयमै जानकारी गराएको थिएँ’ उनले भने, ‘प्राविधिक कारणले नाम रहेपनि मेरो उमेदवारी कायम छैन । म नेविसंघ र काँग्रेसमा आस्थावान सच्चा सिपाई हुँ मेरो समर्थन सृष्टी नेतृत्वको प्यानललाई छ मैले मेरो उम्मेदवारी मिडप्याक गरेको घोषणा गरेका छ । उनले आफ्नो कारणले नेविसंघको कमजोर उपस्थिति नहोस् भनेर नाम फिर्ता गरेको समेत बताए । ‘तातो रगतको जोशमा उमेदवारी दिएको थिएँ, अब जोसले हैन, संगठनको लागि उमेदवारी फिर्ता गरेको छु’ उनले भने, ‘पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हो ।’
उक्त पत्रकार सम्मेलनमा नेविसंघको तर्फबाट सभापतीका उमेदवार सृष्टी आचार्यले सुवेदीको निर्णय हार्दिकता पुर्वक स्वागत गर्दै धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक महिला सभापति बन्ने अबसरको ढोका खुलेको बताइन् । उनले सबैको योगदानको कदर गर्दै आफ्नो उमेदवारीमा साथ दिन सबैलाई आग्रह पनि गरिन् ।
सोही समयमा नेविसंघले स्ववियु निर्वाचनका लागि जारी गरेको संकल्प पत्र समेत सार्वजनिक गरेको छ ।  संकल्प  पत्रमा यस अघि गरेका र आगामी दिनमा शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारमा काम गर्ने शर्तहरु समावेश गरिएको छ । सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरे सँगै क्याम्पसमा अध्यक्षका लागि नेविसंघका आचार्य र अखिल संयुक्त प्यानलबाट आश्मिन शेखको प्रतिस्पर्धा हुनेछ । दुवैले आफ्नो प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन । आचार्यको प्यानलमा सचिव सचिन हरिजन र कोषाध्यक्ष विशाल थापा रहेका छन । त्यस्तै सदस्यहरुमा दिपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवासबावु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उम्मेदवारी दिएका छन । आचार्य वर्तमान स्ववियुको कोषाध्यक्ष हुन उनि हाल एमविएस अध्ययनरत छिन ।
अखिल संयुक्तबाट आश्मिन शेखकोे नेतृत्वमा सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उमेदवारी दिएका छन् ।  सदस्यहरुमा विकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन विश्वकर्मा र किस्मत घर्ती मगरले उमेदवारी दिएको गौतमले जानकारी दिए । संयुक्त प्यानलकी शेख हाल एम ए अध्यनरत रहेकी छन । 

May be an image of text

प्रतिक्रिया