लियो क्लब बागलुद्वारा कुँडुलेका विद्यार्थीको निःशुल्क आँखा जाँच

  • भदौ १०, २०८०

बागलुङ- लियो क्लब अफ बागलुङले बागलुङ नगरपालिका–४ कुँडुलेका विद्यार्थीका लागि निःशुल्क आँखा जाँच गरेको छ । क्लबले कुँडुले माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क आँखा जाँच गरेको हो । शिविरमा २ सय २० जना विद्यार्थीको आँखा जाँच गरिएको थियो । जसमा ५ जनामा मात्र आँखाको समस्या रहेको लियो क्लब आफ बागलुङका अध्यक्ष सिजन शर्माले जानकारी दिईन ।  
पछिल्लो समयमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको यसको विद्यालयको क्षेत्रमा बढ्दो प्रकोप रहेको र यसैका कारण कतिपय विद्यार्थीमा आँखाको समस्या बढ्दै जाने हुँदा विद्यालय तहमा आँखा शिविर राखिएको अध्यक्ष शर्माले बताईन । विद्यार्थीहरुको आँखा जाँच सफल  आँखा उपचार केन्द्रका प्रमुख एवं लायन्स क्लब अफ बागलुङका प्रथम उपाध्यक्ष गणेश महतोले गरेका थिए । 
शुक्रबार भएको शिविर उद्घाटन कार्यक्रममा बोल्दै कुँडुले माविका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण आचार्यले सामाजिक क्षेत्रमा सक्रिय लियो क्लबले विद्यार्थीको स्वास्थ्य प्रति चासो राखेर आँखा शिविर संचालन गरेकोमा धन्यबाद प्रकट गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानध्यापक हरिलाल कंडेल, लायन्स क्लब अफ बागलुङका प्रथम उपाध्यक्ष गणेश महतो लगायतले पछिल्लो समयमा मोबाईल फोन प्रयोग बढे सँगै बालबालिकाको आँखाको समस्या पनि बढ्दै गएको हुँदा समय समयमा परिक्षण गर्न जरुरी रहेको बताए । 
कार्यक्रम क्लबका अध्यक्ष सिजन शर्माको अध्यक्षता सचिव  संदिप खत्रीको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया