सहकारी मार्फत ठगी गर्नेलाई तत्काल कानुनी दायारामा ल्याउन काँग्रेस बागलुङको माग

  • साउन ४, २०८०

बागलुङ ।  नेपाली काँग्रेस बागलुङले सहकारी मार्फत ठगी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । विहिबार बसेको काँग्रेस बागलुङको जिल्ला कार्यसमितिको बैठक मार्फत बागलुङमा संचालित ईमेज बचत तथा ऋण सहकारी संस्था र शिविर शिखर बहुद्देश्यीय सहकारीका संचालकलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ । 
सहकारीमा बचतकर्ताले बचत गरेको अरबौं रकम ठगी गरेर फरार भएका ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली सहित अन्य संचालकलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायलाई  जोडदार माग गरिएको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । शर्माका अनुसार सहकारी पिडित नागरिकहरुको न्यायका निम्ती काँग्रेस बागलुङ सधै साथमा रहने समेत निर्णय गरेको छ । पछिल्लो समयमा जिल्लाका दुई सहकारी आम नागरिकलाई आक्रन्त पारेका र हजारौं बचतकर्ताको बचत रकम ठगि गरेर संचालक फरार रहेको हुँदा उनिहरुलाई कानुनी दायारामा ल्याउनका सम्बन्धित निकाय सँग काँग्रेस बागलुङले माग गरेको शर्माले बताए ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका १ जना संचालक र दुई जना कर्मचारी पक्राउ परेका थिए । उनिहरुलाई विहिबार अदालतले थुनामा राख्न आदेश दिएको छ । 

श्रावण २२ गते देखी असोज ६ गते सम्म सवै तहमा सम्मेलन
काँग्रेस बागलुङले अगामी श्रावण २२ गते देखी असोज ६ गते सम्म वडा, गाउँ÷नगर, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्र हुँदै जिल्ला सम्मेलनको मिति तय गरेको छ । श्रावण २२ गते जिल्लाका ८५ वटै वडामा वडा सम्मेलन हुनेछ भने  श्रावण २७ गते जिल्लाका १० वटै स्थानिय तहमा गाउँ वा नगर सम्मेलन हुने सचिव शर्माले बताए । त्यसैगरी श्रावण ३१ गते प्रदेश सभा क्षेत्रीय सम्मेलन हुने छ भने भाद्र २४ गते प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन हुने छ । सवै तहमा सम्मेलन सकिए पछि असोज ६ गते जिल्ला सम्मेलन हुने काँग्रेस बागलुङले जनाएको छ । 
जिल्ला कार्यसमिति बैठकले पार्टीका हरेक गतिविधिलाई प्रभावकारी बनाउनका निम्ती विस्तृत योजना सहित बार्षिय क्यालेन्डर बनाउने निर्णय गरेको छ । बार्षिक क्यालेन्डरको ड्राफ्ट तयार भै सकेको र यसलाई छलफल गरी पुर्णता दिएर कार्यान्वयमा लैजाने सचिव शर्माले बताए । 
बैठकमा निर्माणाधिन अवस्थामा रहेको विपि स्मृति भवनको निर्माणका लागि आर्थिक संकलन र व्यवस्थापनलाई प्रभावकारी तथा परिमाणमुखी बनाउन विभिन्न देशहरुमा रहेका  गैरआवसीय नेपाली जनसम्पर्क समिति र संघ संस्था र व्यक्तिहरुसँग समन्वय गरी आर्थिक सहयोग संकलन गर्न जिल्ला सभापति जित शेरचनको संयोजकत्मा विभिन्न देशमा अभियान संचालन गर्न जाने निर्णय गरेको छ । 
बैठकले यही श्रावण ६ गते हुने विपि स्मृति दिवसको अवसरमा बागलुङ कालिका भगवती मन्दिर परिसरमा बृक्षारोपण गर्ने निर्णय गरेको छ ।
जिल्ला सभापति जित बहादुर शेरचनको सभापत्विमा भएको बैठकमा  पार्टीका हाल सम्मका गतिविधि र विपि स्मृति भवन निर्माणको प्रगतिका बारेमा पनि छलफल गरिएको थियो । बैठकमा पुर्व सभापति हरिप्रसाद श्रेष्ठ पुर्व उपसभापति एवं महाविधेशन प्रतिनिधि जगशिदचन्द उपाध्याय उपसभापति तारानाथ पौडेल सहसचिव फम खत्री, ज्ञानुशर्मा श्रीष, जिल्ला सदस्य धनमायाँ विक, नारायण श्रेष्ठ, गोविन्द कैडेल क्षेत्र नं. २ का क्षेत्रीय सभापति जोकलाल बुढा मगर लगायले  आफ्ना धारणा राखेका थिए । 

प्रतिक्रिया