युनियन लाईफले दियो मृत्यु दाबी रकम 

  • असोज २५, २०७८

युनियन लाईफ ईन्स्योरेन्स कम्पनि द्धारा जिल्लाको काँठेखोला गाउँपालिका वडा नं. ५ बिहुँकोट काउँलेका  ४७ बषिय ईन्द्र बहादुर पुनको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।  गत श्रावण  ५ गते  घाँस काट्न झौरियाको भिर पुगेका र घाँस काट्ने  क्रममा  भिर बाट  लडेर मृत्यु भएको थियो। पुनको परिवार लाई कम्पनीको तर्फबाट  १०लाख ७०हजार ५सय रुपैयाको चेक पुनको परिवारलाई हस्तान्तरण गरिएको छ । उनका  श्रीमति ,३छोरी,१,छोरा गरि ६जना को परिवार रहेको छ।

मृत्यु दाबि रकम कम्पनीको तर्फबाट प्रादेशिक उपप्रमुख ,बलराम गौतम, सिनियर मान्यानेजर एजोन्सि नानिमाया सापकोटा र वडा अध्यक्ष शिव प्रसाद कंडेलले संयुक्त रुपमा  हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा बोल्दै  उपप्रमुख गौतमले मानिसहरु आफुँलाई बिमित गराउन संमेत बुझपच्याउने र बिमा लाई हल्का रुपले लिने प्रचलन रहिरहेकाले अझै पनि समाज मा यसबारे चेतना फैलाउनु पर्ने बताए। मानिसको जिवन कस्तो चक्रमा चलेको हुन्छ भन्ने कसैलाई थाहा नहुने हुनाले भईपरि आउने घटना र तिनले उनिहरुको परिवारमा पार्ने पिडा समेत जिवन बिमाले केहि मलहम पट्टि लगाएको बताए । 
युनियन लाईफ ईन्स्योरेन्स कम्पनि बाग्लुङका शाखाका शाखा प्रमुख कमल सापकोटाको ध्यक्षता  सम्पन्न कार्यक्रम को संचालन एजेन्सि म्यानेजर राजु सापकोटा रहेको थियो।

प्रतिक्रिया