यो देशमा परिवर्तन र  समृद्धि ल्याउने मुख्य पार्टी माओवादी नै हो– देवेन्द्र पौडेल

  • भदौ ७, २०८०

बागलुङ –  नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले यो देशको परिवर्तन र सम्वृद्दिको मुख्य पार्टी माओवादी नै भएको दाबी गरेका छन ।  नेकपा माओबादी केन्द्र बागलुङको विस्तारित  बैठकलाई  सम्बोधन गर्दैे  उनले  सुशासन  ,सामाजिक न्याय र सम्वृद्दिको क्षेत्रमा पार्टी र  सरकारले अभियान  थालेको   बताए ।  पौडेलले देशको परिवर्तनका लागि   माओवादीले  गरेको त्याग र   सोहि परिवर्तनले नै गणतन्त्र, पछि  परेका जात,बर्ग लिंग क्षेत्रको  अधिकार   सुनिश्चित गरेको तर  यसको श्रेय  लिन  नसकेकको जनाए । 
पार्टीको तीन महिने  अभियानमा  जनताको घरघरमा पुगेर  नयाँ  सन्देश प्रवाह  गराउने पार्टीको अभियान रहेको उनको भनाई छ । पौडेलले सबै जिम्मेवारी लिएका नेता कार्यकर्तालाई पहिला  नागरिकका  घरमा पुगेर  पार्टीको गिरेको साख फर्काउन  आग्रह गरे ।   पार्टी र  नेताले  गरेको गल्तीबारे   जनताको घरमा  गएर जनतासंग माफि माग्ने र  पुन  नागरिकको मन जित्ने सकिने  पनि  पौडेलको जिकिर थियो ।  
पौडेलले परिक्षाबार्डले नै प्रमाणपत्रमा त्रुटिपूर्ण रहेको । सरकारले सुशासनको क्षेत्रमा गरेको काम प्रति आम  नागरिकले समर्थन गरेपछि  यसबाट रन्थनिएर कतै आफै परिन्छकि भन्दै भ्रम छर्न तल्लीन भएको बताए । 
 अहिले सरकार सुशासनको मुद्दामा कुनै वाहानामा  पछि  नफर्कने र  पार्टी भित्र कै व्यक्ति भ्रष्टाचार ,अनियमिततामा  मुछिए कसैलाई  नछाडिने प्रधानमन्त्री प्रचण्डले बताएको  उल्लेख गरे ।      

अहिलेको   संविधान, राज्यको प्रणालीलाई  मजबुत पार्न समाजवादी मोर्चाले वैचारिक रुपमा  अघि  बढाईने बताए । प्रतिगमन र गलत प्रवृत्ति विरुद्द कहिलेकाही गठबन्धन हुने गरेको र  सोहि अनुसार दलहरुसंग गठबन्धन भएको जानकारी दिए । यदि सरकार  नै धरापमा   परे पनि  सरकारले लिएको सुशासनको मुद्दाबाट पछि नहट्ने पार्टीले निर्णय गरेको जनाए ।   सुशासन,सम्वृद्दि र  सामाजिक  न्यायलाई स्थापित गर्न माओवादीबाट मात्र  सम्भव भएकोले  जनताको बीचमा जान  आग्रह  गरे ।  जनताको कुरा सुन्ने र  आफ्ना सुनाउन तीन चरणमा जनता माझ  जाने गरि  अभियान थालनी  भएको  सचिव  पौडेलले बताए । जनताको बीचमा गएमा पार्टी पुर्ननिर्माण हुने कुरामा विश्वस्थ  भएकोले अब जनता संगठित  गर्न  जान ढिला  गर्न नहुने बताए । माओवादीले  बागलुङका  जिल्ला,पालिका र वडाहरुमा  विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ ।  बागलुङ जिल्ला इन्चार्जमा  म्याग्दिका नेता   गोविन्द पौडेललाई जिम्मेवारी दिईएको छ । 
 हरि अधिकारीले २१ ओैं शताब्दीको समाजवाद स्थापित गर्न, नेपाली विशेषताको समाजवाद स्थापित  गर्न माओवादीको नेतृत्वमा मात्र सम्भव भएको बताए । 
माओवादीको समाजवाद र अरुले भन्ने गरेको समाजवाद फरक  रहेको बताउनुभयो । अभियान ३ महिना  चल्ने र अभियानमा २० प्रतिशत  जनताको सहभागी हुनै पर्ने  बताए ।  वडामा  भएका  जात,बर्ग,क्षेत्र र  लिंग सबैलाई  अनिवार्य सहभागीता गराउनुपर्ने जनाए ।  
पार्टी विग्रनुमा नेता र कार्यकर्ता मै आफुप्रति विश्वास नभएको औलाएका थिए ।  माओवादीको विशेष रुपान्तरण अभियान स्वरुप नेता तथा  कार्यकर्तालाई नै ठाउँ फेरिएर जिम्मेवारी दिएको पनि जानकारी दिए ।                   
पहिलो संगठन,राजनैतिक प्रशिक्षण र अन्त्यमा सुझाव लिएर  अभियान  सफल  पार्न आग्रह  गरे ।  अभियानका जिल्ला इन्चार्ज  गोविन्द पौडेलले  बागलुङ जिल्ला माओवादी आन्दोलनको आधारभूमी र सेचत नागरिकले भरिएको जिल्ला  भएकोले पुन  बागलुङ जिल्ला   माओवादी मुद्दामा एक हुने विश्वास व्यक्त गरे ।    “बागलुङ जिल्लाको  ८५ वडामा  ईन्चार्ज  जिम्मा  पाएका कमरेडलले  पार्टीको विधान,दस्तावेज र  पार्टीको झण्डा राख्नुस् ।“ पौडेलले भने ।  
       पार्टी रहे आफू रहने भएकोले  पार्टी मजबुत बनाउन  ९०दिनमा आफु जति खेर पनि खट्न तयार  रहेने प्रतिबद्धता व्यक्त  गरे ।       
बैठकमा  केन्द्र र  प्रदेशले  गरेका पार्टीका  निर्णय र अभियान बारेको जानकारी  प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले राखेका थिए । पालिका स्तरमा पार्टिको अवस्था बारेमा  दस वटै स्थानिय  तह पार्टी प्रतिनिधिले  रिपोर्टिङ गरेका  थिए ।
 

प्रतिक्रिया