म्याग्दी कारागारबाट ७६ जना कैदीबन्दी भागे

  • भदौ २५, २०८२

म्याग्दी- जिल्ला कारागार म्याग्दीबाट ७६ जना कैदीबन्दी भागेका छन् । कैदीबन्दीहरु भागेपछि जिल्ला प्रशासन कारर्यालयले कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

अब  बेनी नगरपालिकाको १, २, ६, ७, ८ र ९ नम्बर वडामा अर्को आदेश नभए सम्मका लागि कर्फ्यु घोषाणाको तयार भएको छ । जिल्ला कारागार शाखा म्याग्दीका प्रमुख जेलर प्रतिज्ञा सुवेदीका अनुसार ६ जना महिलासहित १२ जना बन्दी मात्रै कारागारमा रहेका छन् ।

बिहान ६ बजेसम्म अवस्था सामान्य रहे पनि त्यस पछि एक्कासी उनीहरु भागेको सुवेदीले बताउनुभयो । उहाँका अनुसार हिड्न सक्ने जती सबै भागेका हुन् । जो अशक्त थिए उनीहरु कारागारमै छन् । प्रहरीले भागेका ७६ मध्ये चार जनालाई नियन्त्रणमा लिएको जेलर सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया