बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गोमा केसीलाई सम्पर्कमा ल्याईदिन आग्रह गर्दै रास्वपा बागलुङलाई आग्रह गरेका छन । उनिहरुले नेतृ केसीले आफुहरुलाई थप पीडामा पारेको भन्दै बागलुङमा रास्वपालाई ज्ञापन पत्र बुझाएका हुन ।
बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडा घर भइ हाल अमेरिका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य केसी र उनका नातेदार विकास गौतमले बैकसँग मिलेर पीडितलाई थप पीडा दिएको भन्दै उनीहरुलाई सम्पर्कमा ल्याईदिन राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति बागलुङसँग माग गरेका हुन् ।
ज्ञापन पत्रमा इमेज बचत पीडित संघर्ष समिति बागलुङ र देव कुमार नेपालीबिच नेपालीको नाममा रहेको घरजग्गा बिक्री गरेर पीडितको रकम फिर्ता गर्ने सहमती भएर बागलुङ नगरपालिका वडा नंं २ र पोखरा महानगरपालिका वडा नं.८ मा रहेका करिब ७० करोड पर्ने घरजग्गालाई २१ करोड ३० लाख रुपैयाँमा बैकसँगको मिलेमतोमा गोमा र विकासले लिलाम गरेको आरोप लगाइएको छ ।
बढी मुल्य पर्ने घरजग्गालाई गोमा, विकास र घरजग्गा धितो रहेको बैंकको मिलेमतोमा पीडितलाई जानकारी नै नदिइ कम मुल्यमा लिलाम गरिएको भन्दै पीडितले सहकारीले पीडामा पारेका बचतकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यले थप पीडा दिएको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका अध्यक्ष महेन्द्र खड्कामार्फत केन्द्रलाई पठाईएको ज्ञापन पत्रमा जग्गा लिलाम भएपछि पनि गोमाका श्रीमान रामबहादुरसँग छलफल गर्दा घरजग्गा नाफा कमाउने उद्देश्यले नलिएको भन्दै पीडितको रकम फिर्ता गरेपछि मात्र भोगचलन गर्छौ भनेर लिखित सम्झौता गरे जानकारी गराइएको छ । लिखित सम्झौता विपरित जग्गाधनी लालपुर्जा प्राप्त गरेपछि पीडितको सम्पर्कमा नआएको भन्दै तत्काल सम्पर्कमा ल्याईदिन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका अध्यक्ष महेन्द्र खड्काले ज्ञापन पत्र केन्द्रमा पु¥याईदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । सहकारीमा १ लाख रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताले इमेज संघर्ष समितिको पहलमा रकम फिर्ता पाइसकेका छन् । १ लाख भन्दा बढी बचत भएका बचतकर्ताको रकम विभिन्न वैंकमा रोक्का रहेको घरजग्गा विक्रि गरेर फिर्ता गर्ने सहमती भएको संघर्ष समितिले जनाएको छ ।
बचतकर्ताको झण्डै २ अर्व बराबर रकम अपचलन गरि ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भए देखिनै बचत रकम फिर्ताको माग गर्दै आएका पीडितको समस्या नेपाली पक्राउ परेपनि सुल्झिएको छैन् ।