बागलुङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकार आएपछि भ्रष्टाचारी र सुदखोरीहरु डराएको बताए । प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकराले भ्रष्ट्राचार बिरुद्दको अभियान अगाडी बढाई रहँदा उनिहरु डराएको बताए । उनले सरकारले कसैको दवावमा नपरी भ्रष्टचार लगायत विभिन्न अनैतिक क्रियाकलापमा संलग्नलाई कानुनी दायारामा ल्याउने बताए ।
उनले सरकारले सुशासनको एजेण्डा बोकेपछि आर्थिक चलखेल गर्ने र कानूनको छिद्र खोजेर अनियमितता गर्नेहरुले सरकार बिरुद्धको आबाज उठाएको पनि बताए । उनीहरुको उक्साहटमा लागेर केही राजनीतिक दलका नेता कार्यकर्ताले पनि सरकार बिरोधी धारणा बनाएको बताए ।
उनले अहिले सम्म संस्थागत रुपमा कुनैपनि दलले सरकार बिरुद्धको अभियान नचलाएको बताए । ‘एकादुइ जनाले कतै व्यक्तिगत बोलेपनि संस्थागत रुपमा यो गठबन्धन बिरुद्ध पनि आबाज आएको छैन’ उनले भने, ‘सरकारले भ्रष्टाचार बिरुद्ध अभियान चलाएको कसैलाई मन नपरेको हुन सक्छ ।’ तर संस्थागत रुपमा कसैले सरकारको बिरो गरेमा पनि केही फरक नपर्ने उनले बता ए।
पुर्व शिक्षा मन्त्री समेत पौडेलले लामो समय अलपत्र परेका शिक्षा ऐन, संघिय निजामती ऐन लगायतका कानून आउने बताए । मिटर व्याजी बिरुद्धको बिधेयक पास भएको र अन्य धेरै समस्याका समाधानमा सरकारले काम गरेको बताए । उनले प्रधानमन्त्रीको दलको सचिवको नाताले धेरै काममा दलको अपनत्व भएको पनि बताए ।
उनले हाल जिल्लामा बल्झेको इमेज सहकारी र शिवशिखर सहकारीको समस्या समाधानमा प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिले साथ दिने बताए । उनले उजुरी नपरुन्जेल ढीला भएपनि अब भने प्रशासन पनि तातेर जनताको पैसा हिनमिना हुन नदिनेमा पुगेको बताए । ‘हामीले भनेका छौं, प्रशासन पनि तातेको छ’ उनले भने, ‘पीडितको उजुरी ढीला आएकोले कतिपय अनुसन्धान, पक्राउ पुर्जी जारी लगायतका काम ढीला भएको रहेछ ।’ पत्रकार सम्मेलन प्रेस सेन्टर नेपालका उपाध्यक्ष सज्जनकुमार सिंहको अध्यक्षत र सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको थियो