बागलुङ - शनिबार साँझ देखी प्रसुुती व्यथा लागेर स्वास्थ्यमा थप जटिलता देखिएकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत थप उपचारका लागि उद्धार गरिएको छ । बागलुङको तमानखोला गाउँपालिका—१ बोङगादोभानकी २० बार्षिया सुनिला श्रीपालीको स्वास्थ्यमा थप जटिलता आएपश्चात आईतबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । शनिबार साँझ करिब ९ बजे सुत्केरी व्यथा लागेर स्थानीय स्थास्थ्यकर्मीको सल्लाहमा बिकलाई परिवारले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागेकी उनलाई आईतबार बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरिर काप्ने, बोहोस हुन थालेपछि आमा बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको स्वास्थ्य केन्द्रका डाक्टर नविन्द्र ढकालले बताए । विकको उद्धारका लागि गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आफै पहल गरेर नेपाली सेनाको हेलिकप्टरको व्यवस्थापन गरेका थिए । गर्भवती महिला विककको पहिलो गर्भ रहेको र ४० हप्ता पनि कटिसकेको हुँदा स्वास्थ्यमा थप जटिलता देखिए पश्चात स्वास्थ्य कार्यालय जिल्ला प्रशासन मार्फत प्रदेश सरकारलाई जानकारी गराए पश्चात हेलिकप्टरको व्यवस्थापन भएको डा. ढकाल बताउँछन ।
घुमफिरको याम भएकाले बिकको उद्धारका लागि हेलिकप्टर पाउनै मुस्किल भएको थियो । निजी कम्पनीका सबै हेलिकप्टर पर्यटक बोकेर हिँडेकाले निकै लामो मेहनत पछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गर्न सकिएको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बताए “बिहान ४ बजे खवर पाएदेखिनै सबै निजी कम्पनीसँग सम्पर्क गर्यौं तर सबै रिजर्भ भएकाले सम्भव भएन्” पाठकले भने “गृह र रक्षा मन्त्रीले समयमा सहयोग गर्नुभकाले नेपाली सेनाको हेलिकप्टर पठाउन सक्यौं, प्रयत्न गरौं, हामि आमा बच्चा दुवैको स्वास्थ्य सुरक्षा गर्न तयार छौं ।”
उच्च रक्तचाप भै गर्भवती आमालाई कम्पन आउने, बेहोस हुने र पेटमा भएको बच्चाको समेत मुटुको चालमा तलमाथी हुने भएकाले बुर्तिबाङमा सुत्केरी गराउन सम्भव नभएको डाक्टर ढकालले बताए । शनिबार साँझदेखिनै गर्भवतीको स्वास्थ्य सुरक्षाका लागि डाक्टरहरु नविन्द्र ढकाल, रचना सुवेदी लगायत स्वास्थ्यकर्मीको समुह खटेको थियो । गर्भवती महिलालाई उद्धार गरी काठमाण्डौ लगिएको छ भने उनको साथमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका नर्सिङ अधिकृत सुनिता गौतम पनि सँगै गएको डा. ढकालले जानकारी दिए ।
तश्विर सौजन्य डा नविन्द्र ढकाल