बागलुङ — नेपाली काँग्रेसको भातृ संस्था नेपाल भुतपुर्व सैनिक संघ बागलुङको अध्यक्षमा क्याम्प्टेन हरिबहादुर भण्डारी चयन भएका छन । शनिबार बागलुङको प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थानमा सम्पन्न संघको छैठौं जिल्ला अधिवेशनबाट भण्डारी पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
अधिवेशनबाट संघको सचिवमा मोमबहादुर रोका, कोषाध्यक्षमा थमबहादुर थापा चयन भएको निर्वाचन संयोजक गणेश प्रसाद शर्माले जानकारी दिए । संघको सदस्यहरुमा कृष्णबहादुर भण्डारी, नारायणध्वज मल्ल, कृष्णबहादुर क्षेत्री, झहरबहादुर खत्री, उमेशबहादुर छन्त्याल, मनबहादुर खत्री, प्रेमबहादुर गुरुङ, छविलाल थापा, दलबहादुर पुन, जगतबहादुर बोहोरा, तिलबहादुर रोका र रमेशबहादुर खत्री चयन भएका छन ।
अधिवेशनले चक्रबहादुर खड्का, दिलबहादुर कार्की, लेखबहादुर खड्का, झहरबहादुर खत्री, जगतबहादुर बोहोरालाई केन्द्रीय प्रतिनिधिको रुपमा छनौंट गरेको निर्वाचन संयोजक शर्माले जानकारी दिए । अधिवेशनबाट शंकरबहादुर किसान, हिराबहादुर काला, दलबहादुर पुन, यामबहादुर क्षेत्री र धुव्र मल्ललाई प्रदेशप्रतिनिधिको रुपमा छनौट गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले भुपु सैनिकले काँग्रेसको संगठन निर्माणका निम्ती दरिलो खम्बाको रुपमा भुमिका खेलेको बताईन । उनले मुलुकका हरेक परिवर्तनका निम्ती भुपु सैनिकको महत्वपुर्ण योगदान रहेको बताईन ।
कार्यक्रममा भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष मेगराज टण्डनले भुपुहरुले काँग्रेसका हरेक गतिविधिमा सहयोग गरेपनि पार्टीले उचित स्थान दिन नसकेको बताए ।
अधिवेशनको अवसरमा नेपाली काँग्रेस बागलुङका पार्टी सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचन, पुर्वपार्टी सभापति एवं संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, पुर्व सभापति एवं गण्डकी प्रदेश सभाका सदस्य दिपेन्द्रबहादुर थापा भुपु सैनिक संघका पुर्व केन्द्रीय अध्यक्ष धनबहादुर मास्के राना, गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, नेपाली काँग्रेस बागलुङका पुर्व उपसभापति जगदिशचन्द्र उपाध्यक्ष भुपु सैनिक संघका महिला विभाग अध्यक्ष लिला राना मास्के, बरिष्ठ उपाध्यक्ष गर्जबहादुर गुरुङ काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं नेपाल महिला संघ बागलुङका जिल्ला अध्यक्ष शुकुन्तला शर्मा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य टिकाराम थापा, भुपु सैनिक संघका परिवारको तर्फबाट काठेखोला गाउँपालिका कार्यपालिका सदस्य पुर्णमाया सुनार लगायतले बोलेका थिए ।
कार्यक्रम भुपुसैनिक संघ बागलुङका जिल्ला अध्यक्ष क्या. हरिबहादुर भण्डारीको अध्यक्षता उपाध्यक्ष डम्बरबहादुर बोहोराको स्वागत र सचिव नरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।