डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान संचालन गरिने

  • असार ३, २०८०

बागलुङ ।   गर्भियाम र वर्षायाम बढे सँगै डेङ्गु रोकको प्रकोप बढ्ने हुँदा बागलुङ नगरपालिकाले यसको नियन्त्रणको प्रयास थालेको छ । नगरपालिकाले डेङ्गु लगायत किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थानको खोजी गरि लार्भा र प्युपा नष्ट गरिने  अभियान संचालन गर्ने भएको छ ।  डेङ्गु लगायतका रोगबाट बच्ने उपाय र नियन्त्रणका बारेमा सरोकारवालासँग अन्तरक्रिया गर्दै बागलुङ नगर स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा र प्युपा नष्ट गरिने जनाएको हाे । 

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले डेङ्गुबाट जोगिन सरसफाईमा ध्यान दिनु पर्ने बताए । उनले  आफ्नो घरवरी परिका खाडलहरु पुर्ने र पानी जम्ने ठाउँ नबनाउनका लागि घरवरीपरी सरसफाई गर्नुपर्ने बताए ।  अघिल्लो वर्ष धेरै नागरिकलाई डेङ्गु संक्रमण भएको भन्दै यस वर्ष पनि बर्खा याम सुरु हुन थालेको र जोखिम बढेको हुँदा सजक रहन आग्रह गरे । 

कार्यक्रममा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा स‌योजक रामप्रसाद खनाल, बागलुङ नगर अस्पताल पैयुँपाटाका मेडिकल अधिकृत डा. गरिमा खनालले डेङ्गुका लक्षण, बच्ने उपायका बारेमा जानकारी  गराएका थिए ।  कार्यक्रमको संचालन नगरपालिकाका सिअहेब अधिकृत डिल्ली प्रसाद आर्चाय र स्वागत विष्णुप्रसाद पौडेलले गरेका थिए । 

प्रतिक्रिया