नगरबाट अनुगमन टोली पुग्दा विद्यालय बन्द, न शिक्षक छन न विद्यार्थी

  • फाल्गुण ३०, २०७९

बागलुङ -   सोमबार बागलुङ नगरपालिकाले नगर भित्रका विभिन्न विद्यालयको अनुगमनको कार्यक्रम तय गरेको थियो । विभिन्न विद्यालयमा नगरपालिकामा कार्यरत कर्मचारी जनप्रतिनिधि र पत्रकार सहित अनुगमनका लागि पुगेका थिए । अनुगमनमा विद्यालयमा पुग्दा भने दिउँसो ३ बजे नै विद्यालय बन्द गरेर शिक्षक विद्यार्थी घर गएको एक विद्यालयमा भेटिएको छ । बागलुङ नगरपालिका–९ तित्याङ सिम्स्वारमा रहेको रानी भुमी प्राथमिक विद्यालमा दिउँसो ३ बजे नै बन्द गरेर शिक्षक विद्यार्थी घर फर्कि सकेका थिए । सोही वडाका वडा अध्यक्ष राजु थापाको नेतृत्वमा नगरपालिकाका इन्जीनियर दिपेन्द्र भण्डारी र अन्य जनप्रतिनिधि सहितको टोली पुग्दा विद्यालयमा न शिक्षक भेटिन्छन न विद्यार्थी। अनुगमनका लागि  दिउँसो ३.१३ बजे विद्यालय पुग्दा विद्यालय बन्द अवस्थामा रहेको भण्डारीले बताए । ‘नगरको अनुगमनको टोली दिउँसो ३.१३ मा विद्यालय पुगेका थियौं । ‘विद्यालयमा न विद्यार्थी थिए न शिक्षक नै नगरपालिकाका इन्जीनियर भण्डारीले भने,– विद्यालय संचालन समय विहान १० बजे देखी ४ बजे सम्म भनिएको छ यहाँ त ३ बजे नै विद्यालय बन्द गरिएको रहेछ । हामीले शिक्षा तथा खेलकुद शाखामा जानकारी गरायौं अनि फर्कियौं । बालविकास देखी कक्षा ३ सम्म कक्षा संचालन हुने उक्त विद्यालयमा अन्य दिन पनि कहिले २ः३० कहिले ३ बजे नै विद्यालय बन्द हुने गरेको स्थानिय अभिभावक बताउँछन । 
यस विषयमा विद्यालयका प्रध्यानध्यापक विमल बहादुर क्षेत्रीले भने आफ्नो भाञ्जाको ब्रतबन्ध रहेका कारण आफु दिउँसो १ बजे नै निस्किएको बताए । उनले विद्यालयको अर्को शिक्षक जमुना जिसीलाई सवै जिम्मेवारी दिएर १ बजे नै विद्यालयबाट निश्किएको र विद्यालय कतिबेला बन्द भयो आफुलाई थाहा नभएको बताए । ‘म भाञ्जाको ब्रतबन्ध भएका कारण दिउँसो एक बजे नै निश्किए । ‘म्याडमलाई जिम्मा लगाएको हुँ । उहाँहरु पनि विद्यार्थीलाई घर पठाएर बन्द गरेर जानुभएछ । यो हाम्रो गल्ती हो ।’ क्षेत्रीले आफु हँदा ३ः३० सम्म विद्यालय संचालन गर्ने र त्यस पश्चात मात्र घर जाने गरेको बताउँछन । प्रअ क्षेत्रीलाई तपाई विदा लिएर जानुभएको हो कि के हो भनेर सोध्दा विदा त लिएको हैन १ बजे सम्म पढाएर निश्केको हुँ उनले जवाफ दिएका छ । 

No description available.
बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले भने निर्धारित समय सम्म पनि विद्यालय संचालन नगर्नेलाई नगरपालिले स्पष्टिकरण सोध्नुका लागि आवश्यक कारबाही अगाडी बढाउने बताएका छन । ‘विहान १० बजे देखी बेलुका ४ बजे सम्म विद्यालयमा शिक्षक हुनुनै पर्छ  पोखरेलले भने,– के कारणले उहाँहरुले ३ बजे नै बन्द गरेर जानुभयो हामी सोध्छौं । सोही अनुसार कारबाहीको काम अगाडी बढाउँछौं । यसरी शिक्षामा लापारबाही गर्न कसैलाई छुट नभएको उनले बताए 
यस विद्यालयमा हाल १६ जना विद्यार्थी रहेका छन भने एक बालविकास सहजकर्ता सहित दुई जना शिक्षक र एक कार्यालय सहयोगी प्रअ क्षेत्रीले बताए । 
नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको हुँदा नदिन र शैक्षिक संस्था एवं शिक्षाको गुणस्तर सुधारका लागि अनुगमनका कार्यक्रम तय गरेको थियो । यसरी अनुगमन जाँदै केही विद्यालय बन्द अवस्थामा भेटिए भने केहीमा पुरै शिक्षकको अनुपस्थित रहेका र दैनिक पाठयोजना विना नै कक्षा संचालन हुँदै आएको पाईएको छ । 

No description available.
No description available.

प्रतिक्रिया