अबको चुनावमा कुनै हालतमा काँग्रेस गठबन्धन गर्ने वाला छैन–गगन थापा

  • भदौ १९, २०८०

बागलुङ  - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा गरेको गठबन्धन लोकतन्त्रको आधारभुत सिद्धान्त विपरित भएको बताएका छन । नेपाली काँग्रेस प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. १को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै थापाले हामी जुनखालको गठबन्धन गरेका छौं त्यो लोकतन्त्रको अधारभुत सिद्धान्त विपरित भएको र यसले कतै पनि मेल नखाने बताए । उनले गठबन्धनले लोकतन्त्रलाई झनै कमजोर बनाउने खेल भएको दाबी गरे । थापाले नेपाली काँग्रेसले आउँदो निर्वाचनमा कसै सँग पनि गठबन्धन नगर्ने घोषणा गरे । .‘सत्ता प्राप्तीका लागि गरेको गठबन्धनले ठुलो असर गरेको छ, यसले मुलकुको लोकतन्त्रलाई नै कमजोर बनाएको छ थापाले भने,–‘अब कुनै हालतमा काँग्रेस गठबन्धन गर्ने वाला छैन । नयाँ आएका घण्टी देखी डमरु सम्मका पार्टी सँग पनि हामी डराउनेवाला छैनौं आउँदो २०८४ को निर्वाचनमा हामी एक्कलै चुनावमा होमिने छौं ।’ उनले जनता माझ नयाँ विश्वासका साथ काँग्रेस अगाडी बढ्ने बताए । 
थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनिकरणको अभियानमा कांग्रेसको पूर्ण रुपमा समर्थन रहेको बताए । उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउन तर्फ नलाग्ने बताए । 
महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताए । जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा थापाले जोड दिए । जनप्रतिनिधिले जनताको मर्म अनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताए । 
“कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहान्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनिकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ,” महामन्त्री थापाले भने – ‘जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफै मजबुत बन्दै जान्छ, तपाइहरुले काम गर्नु भएन भने समस्या हुने हो ।’
तीनै तहको सरकारले काम गर्ने हो भने पाँच वर्षको अवधीमा मुलुकमा ठूलो परिवर्तन आउने थापाले बताए । उनले अरु राजनिति दलले मिसन ८४ भनि रहँदा काँग्रेस त्यो भन्दा अभिल्लो समयमा काम गरेर देखाउने बताए । 
महामन्त्री थापाले काँग्रेस पार्टी भित्र ठुलो पुर्नजागरण आवश्यक रहेको हुँदा पार्टीले थप जागरणका अभियान संचालन गर्ने बताए । ‘हामी पहिले पार्टी भित्र जागरण चलाउँ नयाँ पुस्तालाई काँग्रेस पार्टीमा लाउँ लाउँ बनाऔं थापाले भने,–‘ त्यपछि ०८४ मा कुनै चिन्ता लिनुपर्दन काँग्रेसको बहुमत आउँछ । त्यसैले पहिले हामी वडा तहबाट आफ्नो संगठन सुदृढिकरणमा लागौं ।’ उनले काँग्रेसले बनाएको केन्द्रीय कार्ययोजना अनुसार तल्लो तहमा संगठन विस्तारको अभियानलाई तित्र्र रुपमा अगाडी बढाउन नेता कार्यकर्तालाई आग्रह गरको थिए । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले काँग्रेसको संगठनलाई थप जुझारु तरिककाले अगाडी बढाउन जरुरी रहेको बताए । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचन, नेपाल महिला संघका जिल्ला सभापति शकुन्तला शर्मा गाउँगाउँबाट काँग्रेसको संगठनलाई मजबुद बनाउनका निम्ती कार्यकर्तालाई थप प्रोत्साहन गर्न जरुरी रहेको बताए । सम्मेलनमा काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, काँग्रेसका जिल्ला सदस्य टिकाराम थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, बरेङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अमर शेरबुर्जा, बानपा १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, लगायतले आफ्ना धारणा राखेका थिए । 
सम्मेलनमा सचिव जयराम भारीको प्रगती प्रतिवेदन, अध्यक्ष चण्डी प्रसाद शर्माको राजनैतिक प्रतिवेदन, र कोषाध्यक्ष दिनानाथ शर्माको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 
कार्यक्रम क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्ष उपसभापति हरि बहादुर जिसीको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया