दोस्रो स्मृति कप फुटबल सुरुवाती विजयीमा नेपाली सेना

  • पुस २९, २०८१

बागलुङ- बागलुङमा सुरु भएको दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको विभागीय टोली नेपाली सेनाको बागलुङ र मुस्ताङमा रहेका गणहरुले गरेका छन बागलुङ एकता क्लबको  आयोजनामा संचालित प्रतियोगिताको पहिलो खेल सोमबार नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधे र आयोजक टोली बागलुङ एकता क्लब विच भएको थियो । खेलमा आयोजकलाई भारी गोल अन्तरले नेपाली सेनाको टोलीले  स्तब्ध बनायो ।   श्रीमेहरले एकतालाई ०–३ गोलले निराश बनाएको हो । श्रीमेहरको जितमा विकास मगरले खेल शुरु भएको ५ मिनेटमै आर्कषक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै फितलो खेल प्रर्दशन गरेको आयोजक एकतालाई निराश बनाउन प्रकाश निरौला र जीवन राईले एक÷एक गोलको योगदान गरे । श्रीमेहरले अब दोस्रो चरणको खेलमा बुधबार डिपिओ बागलुङको सामना गर्नेछ ।
पहिलो दिन सेनाकै अर्काे टोली नारायण दल गण मुस्ताङले घरेलु टोली खेलकुद विकास समिति बागलुङ नगरपालिका वडा नं. ६ लाई ४–० गोल अन्तरले निराश बनायो । दोश्रो खेलमा विजयी शुरुवात गरेको नारायण दल गणका लागि धिरेन्द्र शाहीले पहिलो हाफको १४, ३१ र दोस्रो हापको ३१ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । नारायण दलको जितमा सुनिल चौधरीले थप गोल थपे । नारायण दलले बुधबार हुने दोस्रो खेलमा संकल्प पुर्नस्थापना केन्द्रको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो दिन भोलि मंगलबार तीन खेल हुने छन् । दोस्रो दिनको पहिलो खेल आदर्श विद्यामन्दिर र वडा नं. ६ (विवाईसी), दोस्रो खेल चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब सँग इन्सपायर ग्लोबल र तेस्रो खेल रिभरसाइड बेनी सँग गुठी युनाईटेड क्लब हुने हुने आयोजक क्लबका अध्यक्ष इन्सान थापाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन क्लबका सदस्य एवं पुर्व सांसद मन कुमारी केसीले गरेकी थिईन । उद्घाट कार्यक्रममा बोल्दै केसीले खेलकुद क्षेत्रको विकासका निम्ती राज्यले उचित पहल थाल्नुपर्ने बताईन । उनले युवाहरुलाई खेल प्रति आर्कषण गर्न नयाँ नयाँ कार्यक्रम ल्याउन आवश्यक रहेको बताईन । उद्घाटन कार्यक्रममा बानपा १ का वडा अध्यक्ष जय बहादुर केसी, वडा नं. २ का अध्यक्ष सुरज बोसेल जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कंडेल, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका अध्यक्ष इन्सान थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन रोहन जिसीले गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेल ६६ हजार ६ सय ६६ रुपैयाँ नगद र मेडल, ट्रफी तथा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । खेलका लागि झण्डै ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया