बागलुङ- बागलुङमा विभिन्न विद्यार्थी संगठनले गणतन्त्र र संविधानको हत्या हुन लागेको भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
उनिहरूले जेनजी आन्दोलनले परिवर्तन गर्न खोजेपनि पछिल्लो समय प्रतिगमनको खतरा बढेको बन्दै ध्यानाकर्षण गर्न आन्दोलनमा आएको जनाएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैठौं), अखिल (समाजवादी) लगायतका संगठनका नेताहरुले शान्तिपूर्ण ढंगबाट लोतान्त्रिक चोकमा प्रद्धर्शन गरेका थिए ।
भदौ २३ गते गोली हानेर हत्या गरिएका युवा विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २४ गते राष्ट्रको सम्पत्ति जलाउने, जनधनको क्षति पु¥याउने, लुटपाट गर्ने सम्पूर्ण व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न र विधिको शासन कायम गर्नुपर्नेमा जोड दिएका थिए । नेविसंघका केन्द्रीय सदस्य दिनेश पन्त र अनेरास्ववियु (क्रान्तिकारी) पूर्वकेन्द्रीय सचिव जिवन शर्माले जेनजी पुस्ताको मागलाई सम्वोधन गर्न, गणतन्त्र र संविधानको रक्षा, सुशासन प्रत्याभुति गर्न र प्रतिगमनलाई परास्त गर्नु पर्ने बताउनुभयो । संविधानको हत्या, राष्ट्रपतिको राजिनामा, राजा ल्याउने जस्ता प्रतिगनमको मुद्दा आउन नहुँने भन्दै सचेत गराएका छन् ।