• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

देशको अर्थतन्त्र सुधारका लागि दुई अंकको बृद्धिदर, दुई दशक निरन्तर: डा. भट्टराई

  • जेठ १२, २०८१

बागलुङ - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य देशको आर्थिक समृद्धिका निम्ती दुई अंकको बृद्धिदर र दुई दशक निरन्तर आवश्यक रहेको बताए । उनले मुलुकलाई आर्थिक उन्नतीको लक्ष्यमा पु¥याउनका निम्ती दुई दशक सम्म दुई अंकको बृद्धिदर आवश्यक रहेको बताए । उद्योगी व्यवसायीको साझा संस्था बागलुङ उद्योग बाणिज्य संघले बागलुङ सदरमुकाममा आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अवको यात्रा विषयक अन्तरसम्वाद कार्यक्रममा बोल्दै देशलाई आर्थिक समृद्धिमा लैजानका निम्ती यस्तो निति अवलब्ध गर्नुपर्ने बताए । 
पुर्व अर्थमन्त्री समेत रहेका भट्टराईल राजनीतिक दलको शक्ति संघर्षको कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको जिकिर गरे ।  उनले श्रम बेची वस्तु आयात गरेर नेपाल समृद्ध बन्न नसक्ने भन्दै नेपाललाई कृषि प्रधान देशबाट कृषि औद्योगिक प्रधान देशमा रूपान्तरण गर्न आवश्यक रहेको बताए । ‘देशका युवाहरु विदेश पलायन भएका छन । यसको प्रत्यक्ष प्रभाव नेपालका उद्योग कलकारखानालाई परेको छ । यहाँ बस्ने वातावरण बनाउन सके नेपालमै युवाहरुलाई उत्पादन सँग जोडन सकिन्छ । भट्टराईले भने,—हामी देशमा राजनिति स्थिरतका कायम गरेर युवा जनशक्तिलाई नेपालमानै वस्ने वातावरण बनानुपर्ने पर्छ नत्र मुलुकको विकासले गति लिँदैन ।’
उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकी मुलुकहरुमा आएको परिवर्तनलाई आत्मासात गरेर राजनीतिक नेतृत्व अघि बढे मात्र मुलुकमा छिटो विकास र समृद्धि आउने धारण राखे । 
नेपाल स्रोत र साधनले भरिपूर्ण भएर पनि नयाँ सोच र योजनाका साथ अगाडि बढ्न नसेकोले पुरानो सोच परिवर्तन गरि अगाढी वढ्नु विकल्प नरहेको भट्टराईको भनाई थियो । 
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका भट्टराईले  राष्ट्रिय पुँजी निर्माणका लागि सरकार र नीजि क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको भन्दै उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पुँजीको निर्माण गर्न सकिने बताए । ‘राष्ट्रिय औद्योगिक पुँजीमा जोड दिएर मात्रै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने स्थायी सरकार छैन । भट्टराईले भने,—‘ बर्तमान अर्थतन्त्र संक्रमणकालिन अवस्थामा छ, स्थायी सरकार नभए सम्म अर्थतन्त्रको विकास पनि सम्भव छैन । मुलुकमा राजनितिक स्थायित्व आवश्यक छ  त्यो प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र सम्भव छ ।’
भट्टराईले अब आउने बजेटमा अंक मात्र बढेर आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउन नसक्ने भन्दै बजेट परम्परगत भन्दापनि देशको बदलिदो अवस्था हेरी ल्याउनुपर्ने बताए ।  आफैले २०४५ सालमा परिकल्पना गरेको मध्यपहाडी लोकमार्गको कामलाई स्थानियलाई खबरदारी गर्न आग्रह गर्दै यसले समृद्धिको ढोका खोलिसकेका बताए । 
२१ औँ शताब्दीमा आइपुग्दा भारत र चीन ठूलो शक्तिको रुपमा उदय भैसकेको सन्दर्भमा ठूला शक्तिशाली दुई देश बिचको शान्तिको केन्द्र बन्न सक्ने अवसर नेपाललाई रहेको भट्टराईले बताए । पछिल्लो समयमा उद्योगी व्यवसायले अर्थतन्त्रकै खस्किदो अवस्थाका कारण व्यवसाय छाड्ने काम बढ्दै गएको हुँदा उनिहरुलाई हाम्रै पालामा सम्भव छ भन्ने परामर्श तथा मोटिवेशन गर्नका निम्ती अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले जानकारी दिए । कार्यक्रममा मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको सम्भावनाका बारेमा छलफल समेत गरिएको थियो । 
कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, उप प्राध्यापक, बैंकर्स, उद्योगी व्यवसायी, पत्रकार लगाएतले डा बाबुराम भट्टराईसँग अन्तर सम्वाद गरेका थिए । कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया