बरेङ गाउँपालिकाको बजेट ३८ करोड १५ लाख

  • असार ७, २०८१

बागलुङ-  बागलुङको बरेङ गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेशन ‘समृद्ध बरेङ, सुखी बरेङ बासी’ भन्ने नाराका साथ बुधबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँसभाको १३ औं अधिवेशनमा ‘दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धी’ का साथ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति, योजना, बजेट तथा कार्यक्रमको सार्वजनिक गरिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक, सामाजिक, पूर्वाधार, वन वातावरण तथा विपद, संस्थागत विकास सेवा प्रभाह तथा निजी र गैरसरकारी संघ संस्था संग साझेदार गर्ने निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 
बरेङ गाउँपालिकाले गत वर्षहरुमा जस्तै आगामी वर्षमा पनि आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो, एकीकृत र सन्तुलित विकासका माध्यमबाट सम्पूर्ण बरेङबासी जनताको जीवन स्तरमा सुधार ल्याउने लक्ष्यका साथ अगाडी बढिरहेको गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन ज्यू नेपाल सरकार र प्रदेश सरकारका अनुदान, राजस्व वाडफाड, गत आर्थिक वर्षको अल्या र गाउँपालिका अनुमानित आन्तरिक राजस्व समेत समेटि कुल ३८ करोड १५ लाख ११ हजार रुपैंयाको वजेट प्रस्तुत गरेका छन् ।
 जसमध्ये विनियोजन योग्य निशर्थ पुजिगत वजेट अन्तर्गत ७ करोड २४ लाख ५५ हजार ८ सय ५० रुपैंया, वडा स्तरीय योजना ३ करोड रुपैंया, बिषयगत शाखा ४ करोड ६१ लाख ३१ हजार १ सय ५० रुपैंया, समपूरक कोष ३ करोड ३० लाख रुपैंया, गाउँपालिका स्तरीय योजना र कार्यक्रम १ करोड ३३ लाख ८० हजार ८ सय ५० रुपैंया विनियोजन गरिएको छ ।
कार्यक्रममा बरेङ गाँउपालिकाले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको छ । बिभिन्न शाखा अन्तरगतका कर्मचारीहरु, डिल बहादुर काला हुग्दिशिर सामुदायिक स्वास्थ्य ईकाइ, प्रमिला पुन सल्यान स्वास्थ्य चौकी, चन्द्र कुमारी थापा धुल्लुबाँस्कोट वडा कार्यालय, विष्णु प्रासाद न्यौपाने प्राविधिक सहायक शिक्षा शाखा, केशवराज क्षेत्री रोजगार संयोजक, कृष्ण बहादुर थापा इन्जिनियर, प्रकाश बहादुर पुन दिर्घ सेवा सम्मान र जनप्रतिनिधि काशिराम वि.क. कार्यपालिका सदस्यबाट गण्डकी प्रदेशमा आयोजना गरिएको ब्यामिन्टन प्रतियोगितामा सहभागी भै तृतिय स्थान हुन सफल भएकोमा सम्मान गरिएको छ ।
बरेङ गाउँपालिकाले बागलुङ जिल्लाकै सबै भन्दा कम बेरुजु सावित गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ को नीति, योजना, बजेट तथा कार्यक्रमको सार्वजनिक संगै सर्वसम्मत पारित गर्ने पहिलो स्थानिय तह रहेको छ ।
 

प्रतिक्रिया