राप्रपा बागलुङको जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का

  • असोज १७, २०७८

बागलुङ- राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का सर्वसम्मन चयन भएका छन । शनिबार सम्पन्न अधिवेशनको उदघाट्न गदै पूर्व मन्त्री तथा राप्रपाका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद गौचनले आफुहरु सधै राष्ट्रियताको पक्षमा रहेको बताएका छन् । देशमा पछिल्लो समयमा बिदेशी हस्तक्षेप बढेको उनले बताए । राजा सहितको प्रजातन्त्रले मात्र देश बचाउन सक्ने उनको भनाई थियो । 
हिन्दुराज्य र संबैधानिक राजतन्त्रको पक्षमा रहेको पार्टीको प्रथम उपाध्यक्षमा उपाध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा भुमादेवी कंडेल र उपाध्यक्षमा गणेशबहादुर कुँवर र सचिवमा बिष्णुप्रसाद सापकोटा चयन भएका छन् । 
जिल्ला सदस्यहरुमा हेमराज पन्त, नविनचन्द्र सर्बुजा, ललितबहादुर क्षेत्री, जुनबहादुर छन्तयाल लक्ष्मी थापा, सुनिता श्रेष्ठ, जयलाल सापकोटा, पार्वती शर्मा, केशव कार्की, धनबहादुर कार्की, रविप्रसाद उपाधयाय, ऋषिराम कंडेल, चेतबहादुर थापा, बसन्त रावल मेघध्वज मल्ल, निमबहादुर भण्डारी र चामबहादुर भण्डारी चयन भएको निर्वाचन अधिकृत टिकाराम सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार क्षेत्र नं. १ मा लक्ष्मीप्रसाद सापकोटा तथा क प्रदेशमा केदारनाथ कंडेल र ख प्रदेशमा पुणेन्द्र सापकोटा अध्यक्ष चुनिएका छन् । क्षेत्र नंं २ तर्फ चक्रबहादुर मल्ल क्षेत्रीय अध्यक्ष र क प्रदेशमा मनप्रसाद घर्ती र ख प्रदेशमा दिपक कुँवर अध्यक्षमा चयन भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय