बागलुङ - ‘दलितका लागि दलित अभियान’ नेपालका संयोजक एवं दलित अभियान्ता खगेन्द्र सुनारले पुराना राजनितिक दलहरुले गरेको अपराधको साँची कोही पनि दलित समुदायका व्यक्तिहरु बस्न नहुने बताएका छन । उनले नेपालको राजनितिक इतिहासमा काँग्रेस एमाले माओबादी केन्द्र लगायतका पुराना दलले ठुलो अपराध गरको हुँदा यिनी दलको साँचीको रुपमा कोही पनि दलित नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन । दलीतका लागि दलीत अभियान नेपाल, बागलुङको आयोजना गरेको दलित समुदायका लागि भेटघाट तथा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन । ‘हामी धेरै राजनितिक दलको साँची बन्यो, उनिहरुको पछाडी लाग्यो तर कहिलै हाम्रो मुद्धामा बोलिदिने कोही भएन सुनारले भने,–‘न हाम्रा लागि केही गरे न हाम्रो समुदायको यहाँ प्रतिनिधित्व नै हुन पायो केबल यि राजनितिक दलको साँची मात्र भयौँ यिनले गरेको अपराधको साँची अब हामी हुने छैनौं अब हामीले आफ्नो बाटो खोज्नुपर्ने छ ।
उनले आगामी फागुन २१ गने हुने निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व र नेतृत्व आउने दल खोल्ने संकेत गर्दै अब दलितका मुद्धा उठाउने छुट्टै दलको आवश्यकता रहेको बताए । उनले दलित समुदायलाई राज्यको मुलधारमा ल्याउनका निम्ती पनि आफ्नै नेतृत्व आश्यकता रहेको बताए । उनले दलीतहरु एकजुट भएर आफ्नो अधिकार खोज्ने, वर्षौदेखी दलिएकाहरु एक भएर निर्वाचनमा होमिंदा राज्यको नेतृत्वमा पनि दलीत पुग्ने हुँदा त्यो कुरा अहिलैबाटसोच्नका लागि आवश्यकता रहेको बताए । ‘पुराना दलहरुलाई कठालामा सामात्ने बेला आएको छ उनिहरुकोे अस्तित्व सकिएको छ उनीहरुले दलीतका कहिलै केही काम गरेनन् सुनारले भने,–‘हामी दलित सवै एक भएर भएर सिंहदरबारको नेतृत्व गर्ने दाबी गर्नुपर्छ, दलितका मुद्धा समेटने पार्टी आवश्यक छ त्यसैले सवै एक भएर निर्वाचनमा जानु अहिलको आवश्यकता हो ।’
नेपालभर ८० लाख दलीत रहेको, विदेशमा समेत २० लाख दलीत रहेकोले एक भएर अगाडि बढेमा त्यसले दलीतको अधिकार सुरक्षा गर्न पहल पुग्ने पनि बताए । ‘अहिलेसम्म धेरै दलीत कांग्रेस, एमाले र माओवादी भए, तर नेतृत्वमा लगेनन्’ उनले भने, ‘भएको नेतृत्व पनि क्रमशः घटेर गयो, अहिले त शुन्य भैसके ।’ अब प्रतिनिधित्व बढाएर दलीतको वास्तविक अधिकार स्थापित गर्न यो अभियान चलाएका छौं तपाईहरुको पनि सहभागिताको अपेक्षा गर्दछौं ।’
दलीतलाई सामाजिक रुपमा दवाइएकोले रुकुममा नवराज बिक सहितका युवा मारिएको, तराइमा हरेक घटनामा दलीतहरु माथि हिंसा भएको उनले दृष्टान्त सुनाउँदै खगेन्द्रले हरेक दमन र अत्याचारको विरुद्धमा सवै दलित भए भएर अगाडी बढ्नुपर्ने बताए । उनले दलीत नेतृत्व स्थापित नभएसम्म समाजबाट त्यस्ता हिंसा अन्त्य नहुने दाबी गरे ।
उनले एउटा दलित भएकै कारण ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली जेल जानुपरेको धारणा राखे । ‘एउटा दलित समुदायबाट नै जनप्रतिनिधि भएका कारण देवकुमार नेपाली अहिले जेल छन । उनलाई जेल हाल्ने पनि उनकै पार्टी एमाले हो सुनारले भने ।,
सुनारले राजनीतिक दलभित्र पनि नेतृत्वमा लैजान दलीतलाई स्थान नदिएकोले बिद्रोह गर्नुपरेको बताए । उनले अझैपनि पार्टीभित्र नेतृत्वका लागि पहल गर्न समेत उनले आग्रह गरे । ‘पार्टीभित्र पनि पहल गर्नुहोला, तर यो पटक सबै दलीत एकैठाउँमा उभिनुपर्छ’ उनले भने, ‘एक थान मन्त्री दिने गरी जाने होइन, अब दलीतकै सरकार, दलीतकै प्रधानमन्त्री बनाउने हो ।’ आउनुहोस हातेमालो गरौँ अगाडी बढौं । उनले आफुले निर्माण गर्न लागेको पार्टी कुनै जातीय पार्टी नबनाउने बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनले पुराना दल र भ्रष्टाचारलाई अन्त्य गरेको भन्दै अब नयाँ ढंगले राज्य संचालन गरिने पनि उनले बताए । उक्त आन्दोलनलाई संस्थागत गरेर अब नयाँ कोर्समा देशलाई लैजानुपर्ने सुनारको जोड थियो ।
पत्रकारिता मार्फत दलित अधिकारको क्षेत्रमा नियमित लागेका सुनार राजनीतिक, सामाजिक र समसामयिक बिषयमा बिद्रोहीको रुपमा पनि चिनिन्छन् । उनले लामो समयदेखि काठमाण्डौंको माइतीघरमा घाँटीमा साङ्लो भिरेर सांकेतिक आन्दोलन गर्दै आएका थिए ।
कार्यक्रममा दलीतका लागि दलीत अभियानका गण्डकी प्रदेश संयोजक दिपक लामगाडे, र विशेष सल्लाहकार दधिराम परियारले दलितहरुको आन्दोलन कहिलै नसकिने बताए ।
कार्यक्रममा उत्पिडित दलित समुदायको सञ्जाल बागलुङका महासचिव सिताराम रसाईली, दलित युवा सञ्जाल बागलुङका अध्यक्ष राहुल बोहोरा, सञ्जालका संरक्षक लक्ष्मण श्री लगायतले बोलेका थिए ।
कार्यक्रम दलित अभियान बागलुङका संयोजक हरि रुचालको अध्यक्षता, दलीत युवा संजाल बागलुङका कोषाध्यक्ष शान्त नेपालीको स्वागत र कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।