पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड–१९ सङ्क्रमण

  • असार ३०, २०८२

काठमाडौँ । पछिल्लाे केही समयदेखि कोरोना सङ्क्रमण सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो एक हप्तामा मात्रै ४० नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै, गएको पुसदेखि हालसम्म ३ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । 

हालसम्म देशका ३९ जिल्लामा कोभिडका बिरामी भेटिएकाको ईडिसिडीले जनाएको छ । पछिल्ला दिनहरूका आँकडालाई केलाउँदा पछिल्ला केही हप्तामा सङ्क्रमण दर बढेको  छ ।

बागमती प्रदेश बढी प्रभावित भएको पाइएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या हालसम्म २४५ जना पुगेको छ । बागमतीमा पछिल्लो ७ दिनमा २३ जना थपिएका छन् ।

बागमतीपछि कोशी प्रदेशमा ८, गण्डकी र लुम्बिनीमा ३–३, मधेसमा २ र कर्णालीमा १ जना नयाँ सङ्क्रमित थपिएका छन् । सुदूरपश्चिम प्रदेशमा भने पछिल्लो एक हप्तामा नयाँ केस पुष्टि भएको छैन ।  

प्रतिक्रिया