किरणराज पौडेल नेपाली कांग्रेसका युवा नेता हुन । उनको जन्म बि.स.२०२३ माघ १० गते बागलुङ नगरपालिका वडा नम्बर १३, बलेवा, पैयुँपाटामा भएको थियो । पिता स्वर्गीय हेमराज शर्मा पौडेल र मात केशरीकुमारी शर्माका जेष्ठ सुपुत्र पौडेल बलेवा पैयुँपाटामा रहेको त्रिभुवन माविमा विद्यालय तहको अध्ययन गरेका थिए । स्कुल पढ्दा डाक्टर–इन्जिनियर बन्ने उनको रहर परिवारमा पनि त्यही अपेक्षा थियो । तर वि.स. २०४२ सालमा चितवन जिल्लाको वीरेन्द्र क्याम्पसमा आइ.एस्सी. पढ्दै गर्दा उनि सत्याग्रहमा पक्राउ परे । २०४५ सालमा पञ्चायती व्यवस्था विरुद्धको विद्यार्थी आन्दोलनमा पक्राउ परेका किरण काठमाडौंको केन्द्रीय कारागारमा थुनिए ।
पञ्चायत विरोधी कार्यक्रममा सहभागी भई दर्जनौं पटक काठमाडौंमा प्रहरी हिरासतमा परेका पौडेल २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा केन्द्रीय तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ऐतिहासिक जनआन्दोलन २०६२/६३ को नेतृत्व गर्दै गर्दा काठमाडौंमा प्रहरी गिरप्तारमा परि सशस्त्र प्रहरीगण भक्तपूरमा हिरासतमा परेका थिए । राजतन्त्र विरुद्धको,प्रतिगमन विरुद्धको आन्दोलनमा सक्रियतापूर्वक सहभागी भईरहँदा उनि दर्जनाै पटक पक्राउ तथा हिरासतमा बस्नुपर्यो । पौडेल बागलुङ-काठमाडौं सम्पर्क समितिका सचिव, नेविसंघ त्रिचन्द्र क्याम्पसका अध्यक्ष (२०४६-४९), नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बागलुङका सदस्य २०५१; नेविसंघ केन्द्रीय समिति सदस्य (२०५३–२०५७),नेपाली विद्यार्थी संघ केन्द्रीय समितिका महामन्त्री (२०५३–२०५७) र विसं २०६० देखि लगातार साविक बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बागलुङबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य समेत बने । उनि नेपाली कांग्रेस केन्द्रीय समितिमा आमन्त्रित केन्द्रीय सदस्य(२०७५-२०७८) भई पार्टीमा निरन्तर ४ दशक देखि क्रियाशिल हुँदै आएका छन ।
उनि हाल पार्टीको केन्द्रीय समितिको सदस्य(२०८०) रहेका छन। वाणिज्य शास्त्रमा स्नातकोत्तर (एमबीए) र विज्ञानमा स्नातक (बीएससी) सम्म अध्ययन गरेका पौडेल सानै देखी राजनितिक र समासेवामा सर्मर्पित भएका थिए । उनका बाबु स्वर्गिय हेमराज शर्मा पौडेल धौलागिरी क्षेत्रकै राजनितिक तथा सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन ।
पौडेल राजनितिका साथै सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन । पौडेलले बागलुङमा सामाजिक संस्था ग्रामिण एकृकित विकास संस्था (राफ) र धौलागिरी क्षेत्रमै पहिलो सामुदायिक रेडियो बागलुङ एफ एम स्थापना गरेर संचालन गरेका थिए । उनि हाल हेमराज शर्मा प्रतिष्ठानका अध्यक्ष हुन । पौडेलको परिवरमा आमा एक श्रीमती, दुई छोरी र एक छोरा रहेका छन ।