एमाले बागलुङले भन्यो–संविधानको रक्षा पहिलो प्राथमिकता

  • असोज २, २०८२

बागलुङ- नेकपा एमाले बागलुङले वर्तमान संविधानको रक्षा गर्नु नै नेकपा एमालेका पहिलो प्राथमिकता रहेको बताएको छ  । गत भदौ २४ गते जेन्जीको आन्दोलनका क्रममा पार्टी कार्यालयको तोडफोड तथा बोर्ड झण्डा जलेपछि त्यसलाई पूर्नस्थापना गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली हाल नेपाली सेनाको सुरक्षामा रहेको र आधिकारीक धारणा बाहिर नआएता पनि पार्टीको पहिलो धारणा भनेकै संविधानको रक्षा रहेको बताईएको हो ।  
एमाले बागलुङले जेनजी आन्दोलनमा मृत्यु युवाप्रती हार्दिक श्रद्धासुमन प्रकट गर्दै घाईतेको स्वास्थ्यलाभको कामना सहित पार्टीको बोर्डलाई पूर्नस्थापना गरेको थियो । पूर्नस्थापना पश्चात बोल्दै एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले अहिलेको संविधान जनताको आन्दोलन त्याग र तपस्या साथै बलिदानको जगमा निर्माण भएको हुँदा यसको रक्षाका लागि सवै तहबाट लाग्नुपर्ने बताए । उनले यो संविधानले नेपाली जनतालाई राजकिय सत्ता सम्पन्न जनता बनाएको हुनाले यस अर्थमा पनि यो संविधानको रक्षा सम्पुर्ण नेपालीको पहिलो प्राथमिकता रहेको बताए । 
केसीले लोकतन्त्र मानवअधिकार कानुनुको सर्वोच्चता नै संविधानमा निहित रहेको हुनाले एमालेको प्रमुख एजेण्डा भनेकै संविधानको रक्षा रहेको बताए । उनले जेनजी आन्दोलनमा उठेका भ्रष्टचारको अन्त्य र सुसासनका मुद्धा सम्मानजनक भएको बताए ।  जेनजीका मुद्धाहरुलाई राज्यले पहिले नै सम्बोधन गरेको भए अहिलेको परिस्थती नआउने केसीको भनाई छ । “युवाहरुका मुद्धाहरु हाम्रो राज्यले धेरै पहिलो सम्बोधन गर्नुपथ्यो । त्यसैमा बिलम्ब गर्नाले अहिलको परिस्थीत आएका छ । उनले भने– ‘अहिले बनेको जनताको सरकारले त्यसलाई सम्बोधन गरेर अगाडी बढ्नुपर्दछ  यसमा नेकपा एमालेको पनि साथ रहने छ । 
उनले आन्दोलनबाट देशको राजनीतिक परिवर्तनमा युवाहरुको खेलेको भुमिकालाई सम्मान गर्नुपर्ने बताए । यसका साथै आन्दोलनका नाममा जुन अराजक गतिविधि भएर देशमा महत्वपुर्ण संरचना जलाईयो यसमा संलग्न जो कोही भएता पनि सरकारले तत्काल कानुनको दायारामा ल्याउनुपर्ने बताए । अराजक गतिवधि प्रति एमाले बागलुङले निन्दा र आपत्ती जनाएको केसीको भनाई थियो । उनले नेकपा एमालेले सरकारले आगामी फागुनमा घोषणा गरेको निर्वाचनमा नयाँ मुद्धाका साथ जनताको माझमा जान तयारी रहेको बताए । 
“हाम्रो पार्टीको आधिकरीक धारणा त केन्द्रबाट आउन बाँकी नै छ अध्यक्ष केसीले भने,–‘जिल्ला तहमा हामीले स्पष्ट रुपमा भनेका छौं आउँदो निर्वाचन निपक्ष र धाधलीरहित रुपमा सम्पन्न गर्नुपर्दछ त्यसमा हाम्रो साथ रहने छ, निर्वाचन घोषणा भएको त्यो समयमा निपक्ष धादली रहित निर्वाचन हुनुपर्दछ, सवै राजनितिक दलहरुले आफ्ना मुद्दा लिएर जनताको माझ जानुपर्छ हामी पनि हाम्रा आफ्ना मुद्धा लिएर जनता समक्ष जानेछौं । निर्वाचनलाई सवै हिसाबले सु सम्पन्न गर्नका लागि नेकपा एमालेले सहयोग गर्नेछ । ” उनले एमाले बागलुङ शान्ति पूर्ण र बैधानिक ढंगले सवै राजनितिक समस्याको समाधान गर्दै अगाडी बढ्ने बताए । 
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय पालिटव्यरो सदस्य तथा जिल्ला इन्चार्ज मना केसी, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, संविधान सभा सदस्य नरबहादुर पुन, पूर्व नगरप्रमुख जनकराज पौडेल लगायतका नेताहरुको रहेका थिए । कार्यक्रम एमाले बागलुङका सचिव गणेश बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया