काठमाडौंं, कात्तिक ५-
गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११ औं विश्व सम्मेलनबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३–२०२५ कार्यकालका लागी उपाध्यक्षमा विजयी राजु रेग्मी (राज)ले निर्वाचनमा देखिएको विवादमा आँफू तटस्थ रहेको बताएका छन् । एनआरएनएको निर्वाचन पश्चात निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा केही उम्मेदबारहरुको मतपरिमाणमा प्राविधिक त्रुटी र आशंका आए पश्चातबाट केही फरक दृस्टीकोणहरु आएको राजले बताएका छन् ।
राजले आइतबार एक विज्ञप्ति प्रकाशित गरी एनआरएनएमा सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले निर्वाचनको प्रारम्भिक नतिजामा आएका केही त्रुटी लाई १५ दिन भित्र भेरो भोटिङ , निर्वाचन समिति र केही प्रबिधि बिज्ञहरुको अनुसन्धानबाट आबएको निर्णयलाई सर्वसहमति गर्ने भन्ने भद्र सहमति पछि उक्त समयको पर्खाइमा आँफू तटस्थ रहदैं तत्काल सपथ ग्रहण नगरेको र आरके शर्माको नेतृत्वमा गठन गरेको समानान्तर समितिमा पनि नरहेको स्पष्ट पारेका छन् ।
महेश श्रेष्ठको प्यानलबाट राज उपाध्यक्षमा निर्वाचन लडेका थिए । निर्वाचनबाट डा.बद्रि के.सी. विजय भए पछि महेश र आरके समूहले नर्वाचनमा धाँधली भएको भन्दै आरके शर्माको नेतृत्वमा नयाँ समानान्तरक समिति गठन गरेको छ । उपाध्यक्षमा विजयी भएका राजले छानविनबाट प्रतिवेदन नआउँदासम्म सपथ पनि नलिएको र समानान्तर समितिमा पनि नबसेको जनाएका हुन् । ‘तटस्थ रहदैं तत्काल सपथ ग्रहण नगरेको र भर्खर गठन गरेको समानान्तर समितिमा नरहेको जानकारी गराउँछु,’ राजले विज्ञप्तिमा लेखेका छन् ।
निबार्चनबाट अमूल्य मत दिएर एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित गराउने सबैलाई उच्च सम्मान र कदर व्यक्त गरेका छन् । गैरआवासीय नेपालीहरुको हकहित र समृद्ध नेपाल बनाउने हाम्रो साझा अभियानलाई सार्थक बनाउन विचलित नभई निरन्तर अभियानमा हातेमालो, सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।