एमाले बागलुङको अध्यक्षमा पुन: हिरा केसी

  • चैत ३०, २०८०

बागलुङ -     नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी सर्वसम्मन चयन भएका छन ।  एमाले बागलुङको दशौं जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वम्मत निर्वाचित भएका हुन । 
अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एमाले गण्डकी प्रदेश कमिटिका पुर्व सदस्य हरिनारायण गौतमले  आफ्नो उम्मेदवारी फिर्ता गरे सँगै केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । यस अघि जिल्ला अध्यक्षका लागि पुर्व अध्यक्ष जनकराज पौडेल, सचिव विष्णु भुषाल सँगै गौतम र केसीको चर्चा चलेपनि उम्मेदवारी दर्ता गौतम र केसीले मात्रै गरेका थिए । अन्त्यमा केसीलाई गौतमले छाडेका छन । केसीले आफुले दुई वर्ष मात्र पार्टी नेतृत्व समालेको र धेरै काम गर्न बाँकी रहेको हुँदा आफुले पुनः अध्यक्षमा दाबी गरेको बताएका थिए । 
एमालले बागलुङको उपाध्यक्षमा बिष्णु भुसालको मात्रै उम्मेदवारी परेपछि उनि पनि निर्विरोध उपाध्यक्षमा चयन भएको निर्वाचन कमिटिले जनाएको छ । भुषाल यसअघि उनी जिल्ला सचिव थिए । उपसचिवमा पनि सर्वसम्मत धन बहादुर परियार र करमती पुन चयन भएका छन् । उनीहरु दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । सचिवमा गणेश थापा, चन्द्र गणेश, कुमार खड्काको उम्मेदवारी परेको छ । 
जिल्ला नेतृत्वलाई सर्वसम्मत टुंगाउने प्रयास भएको हुँदा सचिवमा पनि सर्वसम्मत गराउने प्रयास भएको एमालेका एक जिल्ला नेताले जानकारी दिए । उनले सचिवमा छलफल भएपश्चात सदस्यहरुको पनि टुंगो लाग्ने बताए ।  सवै पदमा सर्वसम्मतको प्रयास भएको हुँदा निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा भने गरेको छैन् ।
 

प्रतिक्रिया