देवकुमार नेपाली एमालेबाट निलम्बन

  • जेठ ११, २०८०

बागलुङ- बागलुङमा रहेकाे ईमेज बचत तथा ऋण सहकारी स‌ंस्थाको रकम हिनामिना बनाएर परार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमाले पाटीले निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुन । सहकारीकाे घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

बचतकर्ताले प्रशासनमा उजुरी दिएको, अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको र छानबिन अगाडि बढाएकाले छानबिन गर्न निलम्बन गरिएको दवाडीको भनाइ छ ।

 सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका मेयर नेपालीले बचत कर्चाको झण्डै डेढ अर्व  बढि रकम हिनामिना पारेको आरोप छ । नेपाली कहाँ छन भन्ने कसैलाई थाहा छैन । उनि सम्पर्क विहिन भए पश्चात सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु अहिले प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका छन ।

नेपालीले  उपमेयर धनबहादुर कायतलाई कार्यबाहकको पत्र उनको टेबुलमा राखेर सम्पर्क विहिन भएका हुन ।  उनलाई अध्यागमन विभागले समेत विदेश यात्रामा रोक लगाइसकेको छ । गत निर्वाचनमा नेपाली नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटनको मेयर निर्वाचित भएका थिए ।

प्रतिक्रिया