एमाले निसीखोलाद्वारा गाउँपालिकामा तालाबन्दी

  • ब‌ैशाख २०, २०८१

बागलुङ_     नेकपा एमालेले जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ । एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकतको विषयलाई लिएर तालाबन्दी गरेको हो । गत साता हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत एक साता नहुँदै सरुवा भएपछि एमालेले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
गत बैशाख १२ गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा पालिकामा हाजिर भएका जीवन पुन मगर एकसाता नबित्दै सरुवा भएपछि एमाले निसीले आन्दोलन स्वरुप तालाबन्दी गरेको हो । यसअघि दुई जना प्रमुख प्रशासकिय अधिकृतलाई पालिका प्रमुख सुर्य बहादुर घर्तिले हाजिरै गर्न नदिई फिर्ता पठाएका थिए ।
प्रसासकिय अधिकृत पुनको वैशाख १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा भएको छ । यसअघि निसीखोलाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका ध्रुब रिजाल र चुर्ण बहादुर कार्कीलाई हाजिर नै नगराई फर्काइएपछि गाउँपालिका निमित्तको भरमा चलिरहेको छ ।
‘पटक पटक प्रमुख प्रशासकिय अधिकृतको सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद प्रकट गरेको छ’ एमाले निसीखोलाका अध्यक्ष भुमिराज घर्तिले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । निमित्तको भरमा पालिका चलाउने सिमित जनप्रतिनिधि र केही कर्मचारीको मिलेमतोमा गरिएको क्रियाकलापको भण्डाफोर गर्न तालाबन्दीसंगै धर्ना कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तिले बताए ।
प्रमुख प्रशासकिय अधिकृतलाई फिर्ता पठाउने कार्य तत्काल सच्याउँदै स्थानीय सरकार मर्यादित रुपमा सञ्चालन गर्न गरिएको आग्रह बेवास्ता गरे आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने एमाले निसीखोलाले चेतावनी समेत दिएको छ । माग पुरा नभएसम्म तालाबन्दी जारी रहने घर्तिले जानकारी दिए ।
 

प्रतिक्रिया