काँग्रेस सभापति देउवा शुक्रबार बागलुङ आउने

  • कार्तिक १६, २०८०

बागलुङ-  नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली (शुक्रबार)  बागलुङ आउने भएका छन । नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको उद्घाटनका निम्ती सभापति देउवा बागलुङ आउने भएका हुन । पत्रकार सम्मेलन मार्फत काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले सम्मेलनको तयारी पुरा भएको जानकारी दिए ।  
    सभापति देउवा सँगै काँग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, गण्डकी प्रदेशका मुख्य मन्त्री एवं केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र केन्द्रीय सदस्य मधु आचार्यले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा जिल्ला भरका २ हजार भन्दा बढि नेता तथा कार्यकर्ता सहभागि हुनेछन भने छिमेकी जिल्लाबाट पनि काँग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती हुनेछ । शुक्रबार र शनिबार दुई दिन चल्ने सम्मेलनमा अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम संचालन गरिने सभापति शेरचनले बताए । सम्मेलनमा राजनितिक, आर्थिक र सांगठनिक साथै निर्माणाधिन अवस्थामा रहेको विपि स्मृति प्रतिष्ठानको हाल सम्मको प्रतिवेदन प्रस्तुत गरिने छ ।  
सम्मेलनको अवसरमा नेपाली काँग्रेसपार्टीमा लागेर विभिन्न योगदान गर्ने ७५ वर्ष माथिका जेष्ठ नागरिक, शहिद परिवार र द्धन्द पिडितलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । बागलुङको जोजोलोपा ब्याङ्क्वेटमा संचालन हुने सम्मेलनमा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । सम्मेलनको तयारी पुरा भै सकेको र जिल्लाको पश्चिम क्षेत्रका अधिकाशं नेता कार्यकर्ता सदरमुकाम आई सकेका छन । विहान ११ बजे उद्घाटन हुने कार्यक्रम अगाडी काँग्रेसले बागलुङ बजारमा ¥याली तथा विभिन्न झाँकी समेत प्रर्दशन गर्ने तयारी गरेको सचिव शर्माले जानकारी दिए । 
 
 

प्रतिक्रिया