कांग्रेसको सय दिने अभियानमा पुस १० गते बागलुङ नगर भेला 

  • पुस ५, २०८१

बागलुङ-नेपाली कांग्रेस बागलुङ नगर समितिले पुस १० गते पार्टीका सबै सदस्य उपस्थित गरी आम भेला गर्ने भएको छ । पार्टीले एकसय दिने अभियान चलाइरहेको बेला समितिले नगर स्तरीय कार्यक्रम गर्न लागेको हो । 

नगर सभापति उमाकान्त शर्मा बाबुको अध्यक्षतामा बिहिवार बसेको बैठकले उक्त सम्मेलनको निर्णय गरेको हो । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डेको उपस्थितिमा कार्यक्रम गर्न लागेको शर्माले जानकारी दिए । 

एकसय दिने अभियानमा संगठन निर्माणको बिषय भएपनि नगर सम्मेलनबाट कार्यकर्तामा थप उर्जा बढाउने लक्ष्य राखिएको उनले बताए । त्यसकालागि प्रचारप्रसार, संगठन निर्माण, कार्यकर्ता भेट लगायतका गतिविधि पनि संचालन गर्ने निर्णय भएको उनले जानकारी दिए । 

केन्द्रीय प्रतिनिधिको रुपमा कांग्रेसले बागलुङकालागि शिवप्रसाद हुमागाईलाई खटाएको छ । हुमागाई केही दिन अघि आएर कार्यक्रममा सहभागि भइ फर्केका छन् । तर वडा, नगर र गाउँपालिका तहमा पनि कार्यक्रमहरु संचालन भैरहेका छन् । नगर समितिले सयदिने अभियानलाई आम भेलाको रुपमा सम्पन्न गर्न लागेको हो । 

प्रतिक्रिया