पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ ।
पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिए । नेकपा एमालेका २२ सांसदले विपक्षमा मत हालेका छन् । राप्रपा तटस्थ बसेको छ ।