बागलुङमा पहिरोका कारण विभिन्न ठाँउमा क्षती, सडक अवरुद्ध

  • असार १६, २०८१

बागलुङ-   शुक्रबार राति देखी आएका अविरल वर्षका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा क्षती पु¥याएको छ । पहिरोका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ भने मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोर कुश्मिसेरा—बरेङ सडक खण्ड र विभिन्न ग्रामिण सडकहरु अवरुद्ध भएका थिए । अवरुद्ध सडकहरु केही खुलेका छन भने केही खुलाउने प्रयास भएको छ । 


गलकोटको काँडेबासमा २ जनाको मृत्यु 
शुक्रबार राती देखिको वर्षाका कारण आएको पहिरोले बागलुङको गलकोटमा २ जनाको मृत्यु भएको छ ।  शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले गलकोट नगरपालिका वडा नम्बर–८ को बिसौनाका स्थानीय प्रेमबहादुर विकको घर बगाएको गलकोट नगरपालीकाका प्रवत्ता हिम बहादुर भण्डारी हेमन्तले जानकारी दिए  ।  घटनामा ५५ वर्षीय प्रेमबहादुर सहित उनकी श्रीमती ५० वर्षीया वसन्तीको मृत्यु भएको छ । घर माथिदेखि खसेको पहिरोले विकको घर र गोठ बगाएको थियो । घरमा सुतेका दम्पत्ती पुरिएको अवस्थामा दुवै जनाको शव भेटिएको छ । घटनामा विक परिवारकै छोराछोरी शिशिर विक र कुमारी विक घाइते छन् । उनीहरूलाई उपचार गर्न गलकोट नगर अस्पताल पठाइएको प्रबत्ता भण्डारीले जानकारी दिए । विक परिवारको घर गोठ पूर्ण रुपमा क्षती भएको छ। घटनास्थल सदरमुकाम देखि ६० किमी पश्चिममा पर्छ ।
मध्यपहाडी लोकमार्ग नेपाली सेनाले खुलायो 
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत बिहुँको घोडाबाँधेमा अवरुद्व सडक भएको थियो ।  काठेखोला गाउँपालिका वडा नं. ५ मा पर्ने लोकमार्गको घोडाबाँधे–रगेनी सडक माथिदेखि झरेको पहिरो घोडाबाँधेस्थित नेपाली सेनाको श्रीमेहर गणले पन्छाएपछि सडक सूचारु भएको हो ।
‘सेनाको टोलीले पहिरो पन्छाएपछि सडक एकतर्फी सडक सुचारु भएको छ’ गणका सह–सेनानी दुर्गा बहादुर थापाले भने । शुक्रबार साँझ परेको भीषण वर्षाले लोकमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सवारी साधन ढुक्क भएर गुड्न सकेका छैनन् ।
कालिगण्डकी करिडोरमा दर्जन ठाउँमा अवरुद्ध
अबिरल बर्षात्ले कालीगण्डकी करिडोर ठप्प भएको थियो । जैमिनी नगरपालिका वडा नं. १ को जैमिनीधाम नजिकै खसेको अजंगको ढुंगाले सडक अबरुद्ध भएको हो ।  करिडोरको दर्जनबढी स्थानमा पहिरो खसेको छ । पहिरोले नजिकका बस्तीमा पुग्न समेत अबरोध गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
करिडोरसंगै जोडिएका दर्जनबढी ग्रामीण सडक समेत अबरुद्ध छन् । मुख्य सडकनै रोकिएपछि ग्रामीण सडक मर्मतका लागि अप्ठ्यारो परेको उनले बताए । जैमिनी नगरपालिका ५ को लामाबगरमा झण्डै २ सय मीटर खण्ड पहिरो खसेको छ । नेपाली सेनाले बनाएको ठेउलेखोला बेलीब्रीजमा पनि पहिरो र खोलाको कटानले क्षति पुगेको छ । स्थानीय लक्ष्मी श्रेष्ठको घर ठेउले खोलामा खसेपछि उनीहरु घरबारबिहिन भएका छन् ।
करिडोरकै बागलुङ गुल्मी सिमानामा पर्ने बरालबा भन्ने स्थानमा पनि पहिरोले सडक ठप्पै भएको छ । पैदल यात्रीले पनि आउजाउ गर्न नसक्दा सास्ती भएको जैमिनी नगरपालिका वडा नं. ८ का ओमकार थापाले बताए । वडा नं. ५ को बिनामारे, ६ को अर्जेवा र ७ को जैदीमापनि करिडोरका पहिरोले सडक अबरुद्ध भएको हो । करिडोरको निर्माण गरिरहेको कालीका कन्स्ट्रसनका ईन्जिनियर बिसाल घिमिरेले बताए । उनले ब्रेकर ल्याएर ढुला ढुंगा फोड्ने काम थालिसकको जानकारी दिए । दर्जनौं पहिरो भएकोले शनिबार संभव नभएपनि आइतवारसम्म सडक नियमित संचालनमा ल्याउन सक्ने घिमिरेले बताएका छन् ।
जैमिनीको वडा नं. ९ को पैयुथन्थापसहित सर्कुवा, जैदी, कुश्मीसेरा, दमेक लगायतका गाउँका दर्जनबढी सडक पहिरोले अबरुद्ध भएका छन् । शनिबार दिनभर डोजर लगाएर सदरमुकामतर्फ आउने सडक मात्रै खुलाउन सकेको शर्माले जानकारी दिए । गाउँतर्फ जाने सडकहरु अभैm खुलेका छैनन् । पहिरोले गाउजाने सडक अबरुद्द हुँदा किसानले दूध बजार पठाउन सकेका छैनन् । बिरामीले पनि सदरमुकाम आउन सास्ती खेपेका थिए ।
पिकअप जीप पुरियो
वर्षापछि खसेको पहिरोले जिल्लाको वडिगाड गाउँपालिका ४ नैटुलस्थित पार्किङ गरेर राखेको पिकअप जीप पुरिएको छ ।  नैटुलादेखी खैलार भित्री सडकमा पार्किङ गरी राखेको ग१ज ६३१५ नम्वरको पिकअफ जीप माथीबाट खसेको पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । प्रहरी चौकी ग्वालीचौरबाट प्रहरी सहायक निरीक्षक उत्तम अर्मजा नेतृत्वको टोलीले पहिरो पन्छाएर पिकअप निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
सुखौरामा गोठ पुरिँदा २ भैसी मरे
पहिरोका कारण जिल्लाको बरेङ गाउँपालिका—५ सुखौरामा गोठ परिएको छ । स्थानिय देव बहादुर खत्रीको गोठमा माथीबाट आएको पहिरोमा परि २ भैसी मरेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परेका भैसीको उद्धार गर्ने क्रममा बरेङ गाउँपालिका—५ सुखौराका वडा अध्यक्ष अम्वर बहादुर शेरपुर्जा घाईत भएका छन । शेरपुर्जालाई खुट्टामा चोट लागी उपचारको लागी गुल्मी शान्तीपुर प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया