काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको बस धादिङको गजुरीमा त्रिशुली नदिमा खस्यो

  • भदौ ६, २०८०

काठमाडौ- काठमाडौंबाट म्याग्दी सदरमुकाम बेनी आउदै गरेको बस धादिङको गजुरीमा दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी हुँदा ८ जनाको मृत्यु भएको छ ।  मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।   घाइते ८ जनाको उद्दार भइसकेको प्रहरी  प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।  । मिश्रका  अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो ।

गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।  ‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्। बसमा २२ जना यात्रु सहित १ चालक र १ सहचालक सवार रहेको जनाईएको छ  । दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउँदै छ। 

 

प्रतिक्रिया