बागलुङ । जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन । चालु आर्थिक वर्षको बैशाख सम्म नगरपालिका भित्रका ९३ प्रतिशत योजना सम्झौता भै कार्यान्वयको पक्षमा रहेका छन । आर्थिक वर्ष २०७९/८० मा भौतिक पुर्वाधार तर्फ नगरपालिकामा कुल ६ सय ६० योजना थिए जस अन्तरगत ६ सय ९ योजना सम्झौता भै कार्यान्वयको पक्षमा रहेको नगरपालिकाले जनाएको छ । सम्झौता भएका योजना मध्ये झण्डै ५५ प्रतिशत अर्थात ३ सय ३० योजना सम्पन्न भै सकेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकामा ५१ वटा योजना सम्झौता हुन बाँकी रहेका छन भने ३ सय ३० योजना कार्यान्वयन हुन बाँकी रहेका छन । बाँकी योजना पनि असार मसान्त सम्म नगरपालिका कार्यान्वयको पक्षमा रहेको छ । नगरपालिकाले गत श्रावण देखी नै वडा तहमा योजना सम्झौता गरेर कार्यान्वयको पक्षलाई अगाडी बढाएको थियो । मंसिर मसान्त भित्र सम्झौता भएका योजना मात्र अहिले कार्यान्वयको पक्षमा रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आर्थिक विकास तर्फ कृषि विकास तर्फ जम्मा ६६.६६ प्रतिशत योजना सम्झौता गरेकोमा जम्मा २२.७२ प्रतिशत योजना सम्पन्न भएका छन । कुल ३३ वटा योजनामा ५ वटा मात्र सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पशु विकास तर्फ १८ वटा योजनामा ६ वटा योजना, उद्यम विकास तर्फ ९ वटा योजनामा ४ वटा योजना र सहकारी तर्फ ६ वटा योजनामा ४ वटा योजना सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले जानकारी दिए ।
सामाजिक विकास तर्फ शिक्षामा ३४ वटा योजनामा २५ वटा सम्पन्न भएका छन भने स्वास्थ्य तर्फ ३१ वटा योजनामा १४ वटा र महिला तथा बालबालिका जेष्ठ नागरिकमा १५ वटा योजना मध्ये जम्मा ३ वटा योजना सम्पन्न भएका छन । नगरपालिकामा आर्युवेदमा भने सत प्रतिशत प्रगती भएको प्रमुख प्रशासकिय अधिकृत कंडेलले जानकारी दिए ।
नगरपालिकाले वित्तिय प्रगती तर्फ कुल १ अर्ब ५८ करोड ३१ लाख ८४ हजार ६४७ रुपैयाँ बजेटमा हाल सम्म १ अर्ब २५ करोड ६३ लाख २२ हजार ९१७ रुपैयाँ निकासा भएको छ भने ९० करोड ९२ लाख, ९७ हजार ४२१ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । यसले कुल बजेटको चालु तर्फ ६७.१८, पुँजीगत तर्फ ४७.११ र वित्तिय तर्फ ५५.४० प्रतिशत गरी जम्मा ५७.४३ प्रतिशत बजेट खर्च भएको कंडेलले जानकारी दिए ।
चालु वर्षमा असारे विकास रोक्ने र समयमा नै योजना सम्पन्न गर्ने उद्देश्यले नगरपालिकाले घुम्ती शिविर मार्फत वडा तहमै योजना सम्झौता गरेका थियो । वडा तहमै उपभोक्ता समिति गठन गरेर योजना सम्झौता गरे पश्चात समयमा नै कार्यान्वय नभएको श्रेष्ठले बताए । ‘वडा तहमै सहज होस समयमा नै काम होस भन्ने उद्देश्यले योजना सम्झौता लगायतका काम वडा तहमै ग¥यौं, नगर प्रमुख श्रेष्ठले भने,–‘पञ्जीकरणका सेवा, स्वास्थ्य शिविर लगायतका सेवा पनि घुम्ती शिविर मार्फत प्रदान गरेका थियौ नागरिकहरुको दैनिकमा कसरी सहजता ल्याउन सकिन्छ भन्नेमा नगरपालिकाको सम्पुर्ण टिमको ध्यान केन्द्रित छ । सम्झौता भएका योजना त समयमा नै सम्पन्न हुने छन । बाँकी पनि हामी कार्यान्वयको पक्षमा जोड गछौं ।’
सम्झौता भएर निर्माणाधिन अवस्थामा रहेका र सम्पन्न भएका योजनाको गुणस्तरीयता एवं दिगोपन प्रभावकारीका लागि नगर उपप्रमुख राजु खड्काको नेतृत्वमा अनुगमनलाई सक्रियता बनाईएको छ । बागलुङ विकासमा चौतर्फी चासो र चिन्ता छ त्यसकारण नगरको विकासमा कुनैपनी कसुर बाँकी नराख्ने गरि अल्पकालीन र दीर्घकालीन योजनाका साथ नगरपालिका अगाडी बढेको जनाईएको छ । पत्रकार सम्मेलन मार्फत नगरपालिकामा भएका गतिविधिका बारेमा सार्वजनिक गरिएको थियो ।