नेपाली काँग्रेस बागलुङ नगरको नगर सभापतिमा उमाकान्त शर्मा बाबु निर्वाचित भएका छन । शर्माले आफ्ना प्रतिस्पर्धी कर्णबहादुर हमाललाइृ ६२ मतले पछि पार्दै नगर सभापतिमा निर्वाचित भएका हुन । नेपाल तरुणदल बागलुङको अध्यक्ष समेत रहेका शर्माले २ सय २४ मत प्राप्त गरेका थिए भने हमालले १ सय ६२ मत प्राप्त गरेका थिए । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका सवै नेताहरुको केन्द्रविन्दुमा रहेको थियो । सभापति सहित पदाधिकारीहरुमा पनि निर्वाचन भएको थियो । समितिको उपसभापतिमा नारायण पौडेल र प्रदिप गौतम निर्वाचित भएका छन । पौडेलले २ सय १ मत प्राप्त गरेका छन भने गौतमले २ सय मत प्राप्त गरेका थिए । उनि दुईका प्रतिस्पधी कुल प्रसाद पाध्यायले १ सय ७० र निरबहादुर थापाले १ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिए । त्यसैगरी सचिवमा आशिक राजभण्डारी र कृष्ण शर्मा निर्वाचित भएका छन । राजभण्डारीले २ सय ८ मत प्राप्त गरेका थिए भने शर्माले १ सय ९३ मत प्राप्त गरेका थिए । उनिहरुका प्रतिस्पर्धी अर्जुन घिमिरेले १ सय ६३ मत प्राप्त गरे भने मिनबहादुर केसी मिलनले १ सय ५२ मत प्राप्त गरेका थिए । त्यसैगरी सहसचिवमा सञ्जय पौडेल र प्रकाश किसान निर्वाचित भएका छन । पौडेलले २ सय ६ मत प्राप्त गरेका थिए भने किसानले १ सय ८७ मत प्राप्त गरी निर्वाचित भएका थिए । त्यसैगरी सहसचिवका अर्का प्रतिस्पर्धी कमल बोहोरा र विदेश कुमार श्रेष्ठले क्रमशः १ सय ५० र १ सय ६१ मत प्राप्त गरको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । अन्य सदस्य भने सर्वसम्मत भएको थियो । बागलुङ नगरपालिकामा उपसभापतिका पौडेल बाहेक सम्पुर्ण पदाधिकारीको शर्माकै प्यानलबाट निर्वाचित भएका छन । नगरपालिका तहको अधिवेशनमा पनि काँग्रेसमा दुई समुह देखिएको छ । हमाललाई संस्थापन पक्षले साथ दिएको थियो भने शर्मालाई जिल्लामा संस्थापनइतर पक्षका नेताहरुले साथ दिएका थिए । निर्वाचन पश्चात प्रतिक्रिया दिँदै शर्माले आफ्नो कार्यकाल बागलुङ काँग्रेसको संगठन विस्तारलाई थप जागरुक बनाउने बताए । उनले अधिवेशनको प्रतिस्पर्धा अधिवेशन अन्त्य सँगै अन्त्य भएको पार्टी संगठनलाई बलियो बनाउन प्रतिस्पर्धामा रहनुभएका साथीहरुलाई पनि समेटेर अगाडी बढ्ने बताए । शर्माले कार्यकर्ताले थपेको जिम्मेवारीलाई पुरा गरेरै छाड्ने र सँगैका प्रतिस्पधी सँग सहकार्य गर्ने बताए ।