बागलुङ कारागारबाट कैदीबन्दी भाग्ने प्रयास गरेपछि सुरक्षा व्यवस्था कडा

  • भदौ २५, २०८२

बागलुङ- देशभरीका विभिन्न स्थानका कारागारबाट कैदीबन्दी भागेपछि बागलुङ कारागारका कैदीबन्दी पनि भाग्ने प्रयास गरेका थिए । बुधबार दिउँसो कैदीबन्दीले कारागार भित्र आगो लगाउने र हो हल्ला गर्ने जस्ता प्रबृत्ति गरेर भाग्ने प्रयास गरेपछि सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको छ  ।  
देशभरका कारागारबाट कैदीबन्दी भागेको अवस्थामा हामी पनि भाग्न पाउनुपर्छ भन्दै उनिहरुले कारागार भित्र आगो लगाएको कारागार श्रोतले जनाएको छ । 
आगो तत्कालै नियन्त्रणमा लिईएको थियो । कारागार परिसर बाहिर कैदीबन्दीका आफन्तहरु पनि पुगेका छन । अहिले नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाल आर्मी सहित तिन तहको सुरक्षाले कारागार क्षेत्र घेरिएको छ । कारागार क्षेत्रमा स्थिती सामान्य बनेको कारागार प्रमुखले धिरेन्द्रराज पन्तले जानकारी दिए । ‘कैदीबन्दीले हो हल्ला सहित भित्र आगो लगाए तत्काल आगो नियन्त्रणमा लिएर सुरक्षा व्यवस्था कडा बनाएका छौं प्रमुख पन्तले भने, –‘पहिलो गेट तोडेका थिए गेट तोड्नेलाई जेल तोड्ने आरोपमा प्रहरीले अर्के ठाउँमा हिरासतमा राख्ने भएको छ, अहिले ससस्त्र सेनाको पनि साथ रहेको छ, स्थिती सामान्य बन्दै गएको छ । 
आगलागी भए पश्चात बागलुङ नगरपालिकाको दमकल तत्काल पुगेको थियो तर कैदीबन्दी र कारागारकै सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको पन्तले जानकारी दिए । 
कारागारामा हाल १७७ जना कैदीबन्दी रहेका छन । जसमा १६३ जना पुरुष, १३ जना महिला र १ जना बच्चा रहेको कारागारले जनाएको छ । जिल्लामा प्रशासनले निषेधाज्ञा जारी गरेसँगै बागलुङ सरमुकाम क्षेत्र सुनसान बनेको छ । 

तश्विर ः आफ्ना मान्छे कारागारबाट निस्किन्छनकी भन्दै पर्खेर बसेको आफन्तहरु । 

 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय