बागलुङ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यबाद विरुद्ध मेची -महाकाली अभियानको थालनी गरेको छ । १५ दिन सम्म मेची– महाकाली अभियान संचालन गरिने छ । अभियानको बागलुङ र महेन्द्रनगरबाट एक साथ शुरु गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं अमेरिकी साम्राज्यवादका विरुद्धमा एक जुट बनौं भन्ने नाराका साथ जेठ १ देखि १५ गतेसम्म मेची महाकाली अभियान थालिएको राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सदस्य कृष्ण अधिकारी जानकारी दिए ।
नेपालमा अमेरिकी साम्राज्यवाद हावी भएको भन्दै नागरिक सचेतनाका लागि बागलुङ र महेन्द्रनगरबाट एकसाथ मेची -महाकाली अभियान शुरु गरिएको अकिारीले बताए ।
नेपालमा अमेरिकी साम्राज्यवाद बढेर गएको र साम्राज्यवादको प्रत्येक्ष निर्देशनमा पार्टी बनाएर सरकार र संसदमा समेत आफ्नो प्रभुत्व कायम गर्न थालेका हुनाले यो अभियान संचालन गरिएको हो । बागलुङबाट जनमोर्चाका नेता अधिकारी र महेन्द्रनगरबाट मनोज भट्टको नेतृत्वमा मेची महाकाली अभियानको शुभारम्भ गरिएको हो ।
राष्ट्रिय जनमोर्चाले संघीयता ठिक छैन भन्दै आएकोमा अहिले सत्य सावित भएको र अमेरिकी साम्राज्यवादी विरुद्धमा हामीले पहिलैदेखि विरोध गर्दै आएको अधिकारी बताउँछन । नेपालमा पनि अमेरिकी सम्राज्यबादको हस्तक्षेप बढेर गएको छ । अधिकारीले भने, पहिले त्यसले नेपालका विभिन्न राजनितिक पार्टीहरुमा घुसपैठ गरेर सरकारमाथि दबार दिएर वा भारतको माध्यमद्धारा नेपाललाई आफ्नो साम्राज्यबादी उद्देश्य पुरा गर्ने प्रयत्न गर्दथ्यो । अब त्यसले प्रत्येक्ष रुपले नै नेपालमा हस्तक्षेप गर्ने निति अपनाएको देखिन्छ । यसको विरुद्ध हामी सानो दल भए पनि विरोधमा उत्रिन्छौं ।
अभियान जेठ १५ गते काठमाण्डौ र बुटबलमा एकै पटक समापन हुने राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष राजेन्द्र ढुंगानाले बताए । अभियानमा नेपालमा उत्पन्न नयाँ परिस्थितिको बारेमा समेत पर्दाफास गरिने छ । अभियानमा हरेक जिल्लाको सदरमुकाम केन्द्रीत हुने अध्यक्ष ढुंगानाले जनाए । अभियानमा गणतन्त्र र राष्ट्रियताको रक्षा तर्फ संघियताको विरुद्ध पनि आवाज उठाउने उनले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार एवं जिल्ला समन्वय समिति बागलुङका संयोजक अमर थापा, युवक संघका केन्द्रीय सल्लाहकार एवं काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, अनेरास्ववियु छैठौंका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी लगायतले गणतन्त्र खतरामा पार्ने खेल भएको बताए । उनिहरुले आम नागरिकको विचमा गएर राजमोले अमेरिकी साम्राज्यबादको पर्दाफास गर्न लागेको बताए ।
राजमो बागलुङका जिल्ला अध्यक्ष राजेन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य लक्ष्मी बास्कोटाको स्वागत र सचिव भिमलाल पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।