बागलुङ- राष्ट्रिय जनमोर्चाले खानेपानीको महशुल बृद्धिको विषयमा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आईतबार ध्यानाकार्षण गराईएको छ । नगरपालिकाको बागलुङ बजारमा खानेपानीको राम्रो व्यवस्थापन नहुनु, खानेपानी महशुल बृद्वि, बर्षातको समयमा धमिलो पानीको समस्या तथा नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयको बिषय लगायत बिबिध बिषयमा जनगुनासो बढे पछि खानेपानी उपभोक्ता समितिलाई ध्यानकर्षण गराएको राजमो बागलुङ नगरसमितिका अध्यक्ष थानेश्वर सुवेदीको बताए ।
विगतमा यसरी महसुल बढेपनि खानेपानीमा व्यवस्थापन र स्वच्छता संस्थाले व्यवस्थापन गर्न नसकेको भन्ने उपभोक्ताहरुका नियमित गुनासो गरे पनि संस्थाले यसपटक बजारमा भएको मूल्यवृद्धिलाई देखाएर महसुल वृद्धिको औचित्य पुष्टि गर्न खोजेको भन्दै जिल्ला सचिवालय सदस्य लक्ष्मी बास्कोटा, नगर सदस्य तुलबिर श्रीश लगायतको टिमले नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ध्यानाकार्षण गराएको छ ।
नगर खानेपानी तथा सरसफाई व्यवस्थापन तथा वितरण नियमित नभएका गुनासाहरु माझ भएको उक्त वृद्धिले सहज आपूर्तिका त्यस्ता समस्या तुरुन्तै सम्बोधन गर्न राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले संस्थालाई ध्यानाकार्षण गराएको सचिवालय सदस्य लक्ष्मी बास्कोटाले बताए ।