विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी शिलशिला आचार्य 

  • मङ्सिर १८, २०८१

बागलुङ- बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली महिला शिलशिला आचार्य पनि परेकी छन् । बागलुङ नगरपालिका घर भएकी आचार्य वातावरणको क्षेत्रमा क्रियाशिल छन ।  उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् । 
बीबीसीले पर्यावरण संरक्षण, सँस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य एवम् प्रविधि क्षेत्रका महिलाहरूको सूची सार्वजनिक गरेको हो ।
१०० महिलाको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, रेप सर्भाइभर एवम् अभियन्ता गिसेले पेलिकोट, अभित्रेनी श्यारोन स्टोन, ओलम्पियन एथलेटिक खेलाडी रेबेका एन्ड्राडे र एलिसन फेलिक्स, गायीका रायी, भिजुअल आर्टिस्ट ट्रेसी एमिन, वातावरण अभियन्ता एडिनिके ओलाडुसु र लेखिका क्रिस्टियाना रेभेरा गार्जा लगायत छन् ।
यसैगरी भारतकी फोटोग्राफर आरती राव, कुस्ती खेलाडी विनेश फोगाट, बौद्ध भिक्षुणी जेत्सुन्मा तेन्जिङ पाल्मो, बंगलादेशकी जलनपीडित अभियानकर्ता जन्नतुल फिर्दौस लगायत छन् । शिलशिला गत वर्ष ८ मार्चमा अनलाइनखबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा पनि परेको शिलशिलाका बाबु राजेन्द्र आचार्य बताउँछन ।

प्रतिक्रिया