बागलुङ -गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा नेपाली काँग्रेस बागलुङको पार्टी कार्यालयमा भएका कम्प्युटर कार्पेट देखी सम्पुर्ण महत्वपुर्ण कागजातहरु नष्ट भए । आन्दोलनकारीले पार्टी कार्यालयबाट बाहिर निकालेर लोकतान्त्रीक चोकमा ल्याएर सवै सामाग्री जलाईदिए । सवै कागजपत्र जलेपछि पार्टी कार्यालय रित्तो भएको थियो । त्यही रित्तो पार्टी कार्यालयमा बुधबार बागलुङ काँग्रेसको बैठक बस्यो । बैठकमा कार्यसम्पादन समिति सहित महाधिवेशन प्रतिनिधी, महासमिती सदस्य, केन्द्र र प्रदेश समितिका पदाधिकारी सदस्यहरु, प्रतिनिधि सभा प्रदेश सभा क्षेत्रका सभापतीहरु गाउँ नगरपालिकाका सभापति साथै भातृ एवं सुवेक्षुक संस्थाका प्रमुहरुको सहभागीता थियो ।
बैठकको सुरुवात भदौ २३ गतेको जेन्जी आन्दोलनका क्रममा मृत्यु हुने बागलुङे युवा सौरन किशोर श्रेष्ठ सहित सम्पुर्ण मृतक प्रति श्रद्धा सुमन अर्पण गर्दै शोक प्रस्ताव पारित गरियो । यसका साथै आन्दोलनकै क्रममा घाईते सवैलाई र पार्टी सभापति शेरबहादुर देउवा दम्पत्तीको स्वास्थ्य लाभको कामना गरियो । त्यसपछि बैठकमा सहभागीले आफ्ना धारणा राख्न सुरु गरे ।
बैठकमा सहभागी अधिकाशंले काँग्रेस केन्द्र देखी तल्लो तहसम्म पूर्नगठन र रुपान्तरण गर्नुपर्नेमा जोड दिए । उनिहरुले पार्टीमा आमुल परिवर्तन नै पहिलो मुद्धा रहेको बताए । जेन्जी आन्दोलन पश्चातको राजनितिक परिवर्तनले काँग्रेस पार्टी पनि परिवर्तन हुनुपर्ने कुरामा सहभागीको जोड रहेको थियो । सहभागीले यदी पार्टीलाई पुरानै लयमा फकाउने हो भने पार्टी सभापति शेरबहादुर देउवाले तत्काल कार्यबहाक दिएर बाटो खालि गरिदिनुपर्ने समेत बताएका थिए । उनिहरुले अब नेतृत्व नै परिवर्तन गरेर अगाडी नबढेमा पार्टीलाई पुराने लयमा फर्काउन नसकिने बताउका थिए ।
“काँग्रेसले निती, नेतृत्व र व्यवहार परिवर्तन गर्नुपर्छ भन्ने कुराहरु उठेका छन, पार्टीलाई अब आमुल परिवर्तन गरेर जानुपर्ने कुरामा सवैले जोड दिएका छन बैठकको अध्यक्षता गरेका पार्टी सभापति जीत बहादुर शेरचनले भने,–‘पार्टी भित्र सवै वर्गलाई समेटेर अगाडी बढ्नुपर्ने छ । अहिलेका जेन्जी र अल्फा पुस्ताले चाहेको परिवर्तन अनुसार पार्टीलाई रिफर्म गरेर अगाडी लैजानेमा सवैको एउटै मत रहेको छ ।’
सहभागी अधिकाशंको पार्टीको नेतृत्व अब तल्ला तहमा आउनुपर्छ भन्नेमा जोड दिएको शेरचनले बताए ।
सहभागीले बदलिँदो परिवेशमा पार्टीले विशेष महधिवेशन वा तत्काल महासमितीको बैठक वा कुनै न कुनै माध्यमबाट नेतृत्व परिवर्तन गरेर अहिलेका चुनौतीलाई सामना गर्ने गरी कदमहरु चाल्नुपर्ने बताएका थिए ।
बैठककमा वर्तमान संविधानको रक्षाका निम्ती सवै एक जुट हुन आवश्यक रहेको बताईएको थियो । यसका साथै अहिले बनेका राज्य संरचना र संविधानको मर्म आम जनता माझ पुराउने कार्यक्रम तय गर्नुपर्र्नेमा आफ्ना धारणा राखेका थिए । सहभागीले काँग्रेस होस वा अन्य दल जो कोहीको भए पनि अहिले सम्म लाभको पद बसेका सवैको सम्पत्ती छानविन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने विषयलाई उठाएका थिए । त्यसका साथै विभिन्न भातृ एवं सुवेक्षुक संस्थाका अधिवेशन पनि समयमा हुनु नसक्नुले नै पार्टी भित्र आम नेता कार्यकर्ताको चाम घट्दै गएको बताईएको थियो ।
बैठकले आन्दोलनका क्रममा घुसपैठ गरी देशका सवै सार्वजनिक सम्पत्तीमा आगजानी गर्नेलाई तत्काल कानुनको दायारामा ल्याएर कारबाही गर्न माग गर्ने निर्णय गरेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । त्यसैगरी काँग्रेस पार्टी कार्यालयमा भएको आग्रमण र केन्द्रीय सभापति शेरबहादुर देउवा दम्पत्तीमा भएको आग्रमणको घोर निन्दा गरिएको छ ।
बैठकले आन्दोलनका क्रममा भत्किएका संरचना पुर्ननिर्माण र सरसफाईका निम्ती आफ्ना नेता तथा कार्यकर्तालाई सहभागी हुन आग्रह गरेको छ ।
काँग्रेसले संविधान दिवसको अवसरमा वर्तमान संविधानका सकारात्मक कुरा र सुधार गर्नुपर्ने सवालका बारेमा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ भने साझँ दिप प्रज्वलन गर्ने निर्णय गरेको सचिव शर्माले जानकारी दिए ।
बैठककमा काँग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष तथा बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठ, पूर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल काँग्रेस गण्डकी प्रदेश सदस्य तथा महिला विभाग प्रमुख शकुन्तला शर्मा, पार्वती आचार्य, कल्पना हमाल पाठक लगायतले काँग्रेस अब जनता माझ जाँदा आफुमा सुदृढिकरण गरेर जानुपर्ने कुरामा जोड दिएका थिए ।
गत भदौ २४ गते बागलुङमा नेपाली काँग्रेस सहित नेकपा एमाले नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयका सवै सामाग्रीहरु जलाएर नष्ट गरेका थिए ।