बागलुङमा ११ हजार ७ सय ११ बालबालिकालाई पोलियो विरुद्ध खोप

  • जेठ ८, २०८१


बागलुङ- बागलुङमा ११ हजार ७ सय ११ जना बालबालिकालाई पोलियो विरुद्धको खोप  खुवाईने भएको छ । जिल्लाका दश वटै स्थानिय तहका हरेक खोप केन्द्रमा खोप संचालन गरिने छ ।   खोप अभियान यही जेठ १३ गतेदेखि २६ गतेसम्म  संचालन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पछिल्लो समय पोलियोले पनि भेरियन्ट परिवर्तन गर्दै आएको र त्यसका लागि खोप मार्फत पोलियो विरुद्ध खोप सञ्चालन गर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । 
२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्म नेपालमा पोलियो विरुद्धको खोप अभाव भएको त्यो बेला बालबालिका खोपबाट छुटेकाले आईभीपी खोप अभियान सञ्चालन गर्न लागिएको बताए । खोप लगाउने गरी अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले बताए । कार्यक्रममा खोप लगाउन त्यसबाट सामान्य प्रतिक्रिया शरिरले देखाउन सक्ने भएकाले त्यस्तो अवस्थामा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको थियो ।
 जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समिति बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, धौलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रेखा पौडेल लगातयले आफ्नो भनाई राखेका थिए । कार्यक्रम स्वास्थ्य कार्यालयका क्षयकुष्ट निरिक्षक  सञ्चालन देवप्रकाश घिमिरेले गरेका थिए ।

प्रतिक्रिया