बागलुङ, - फागुन १ गते जनयुद्ध दिवसको दिन बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । ताराखोला गाउँपालिकाको माघ १९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।
देशको राजनैतिक,सामाजिक,सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने शहिदहरुको ठूलो योगदान रहेकोले ऐतिहासिक दिनको सम्मान गर्दै जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको अध्यक्ष विकले बताए । विदाको दिन पालिका भित्रका सरकारी कार्यालय संस्था संस्था सवै बन्द रहने छन । गाउँपालिकाले आफ्नो आधिकारिक पत्र नै सार्वजनिक गरेको छ । जनयुद्धको केन्द्र समेत रहेको ताराखोला गाउँपालिकाले प्रत्येक वर्ष शहिद सप्ताह र सहित सम्मानको कार्यक्रम आयोजना गर्दै दिवस मनाएपनि यस पालि फागुन १४ गते शहिद सम्मान कार्यक्रम राखेको पालिकाले जनाएको छ ।
सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक विदा नदिने आदेश गरेपनि बागलुङको ताराखोला गाउँपालिकाले विदा दिने निर्णय गरेको हो ।